डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धि अन्तरक्रिया

0
7

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिकामा डेंगु रोगको रोकथाम तथा नियंन्त्रण सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ ।

गरिब तथा सीमान्तकृत समुदायको स्वास्थ क्षेत्रमा कार्यरत विश्वास स्वास्थ्य परियोजना र सहारा पथरीशनिश्चरे नेपालको सहयोगमा नगरपालिकाको स्वास्थ्य शाखाद्वारा डेंगु रोगको रोकथाम तथा नियन्त्रण कार्यक्रम भएको हो।

पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु सरोकारवालाहरू सहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा डेंगु रोग सम्बन्धी जनचेतना अभिवृद्धि रोकथामका उपायहरू र समुदायस्तरमा गर्न सकिने प्रयासहरूका बारेमा छलफल भएको थियो ।

अन्तर्क्रियामा पथरी शनिश्चरे नगरपालिका जनस्वास्थ्य शाखाका कर्मचारी जगत मगरले डेंगु रोगका बारेमा प्रकाश पारेका थिए । उनले गत वर्ष नगरमा ५ हजार २ सय ८९ जनाको डेंगु परिक्षण गर्दा १९०२ जना संक्रमित भेटिएको र १ जनाको मृत्यु भएको तथ्यांक प्रस्तुत गरेका थिए भने यसवर्ष हालसम्ममा १ जनामा मात्रै डेंगु संक्रमण पुष्टि भएको जनाए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख डाक्टर सुरेश मेहताले डेंगु रोग र यसको रोकथाम तथा नियन्त्रणका बारेमा सहजीकरण गरेका थिए ।

पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख देविमाया काफ्ले, वडा नं १ का वडाध्यक्ष भीम कुमार राई सहित कार्यपालिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here