राजदूत क्षेत्रीद्वारा विश्व तेक्वान्दो हान्मादाङको लागि कोरिया जाने नेपाली टोलीको बिदाई

0
4

मोरङ,

दक्षिण कोरियामा हुन लागेको विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ मा सहभागी हुने नेपाली खेलाडिहरुलाई युएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले बिदाइ गरेका छन ।

खेलाडिहरुलाई युएईको आबुधाबी स्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रमका बीच राजदूत क्षेत्रीले बिदाइ गरेका हुन। कार्यक्रममा सहभागी खेलाडीहरु लगाएत युएईका लागि कोरियाली तेक्वान्दो प्रशिक्षकलाई बिदाई गर्दै राजदुतले सफलताको शुभकामना दिएका छन ।

उनले बिदाईका क्रममा खेलाडिहरुको हौसला बढाउदै ”बैदेशिका रोजगारीको सिलसिलामा आफ्नो देश छोडेर आएर पनि आफ्नो कामको अलावा खेलकुदलाई समेत निरन्तरता दिएको देख्दा खुशी लाग्नुका साथै बिभिन्न देशहरुमा आफ्नो सहभागिता जनाउदै खेलको माध्यम बाट नेपालको नाम विश्व सामु चिनाउन मद्दत गर्ने कुरामा बिश्वस्त छौ।”

कोरियाको मुंग्योङ सिटिमा जुलाई २६ देखी ३० सम्म हुने विश्व तेक्वान्दो हान्मादाङको लागी नेपाली खेलाडिहरुले गरेको तयारीको बारेमा कोरियन प्रशिक्षक नाम्हो क्वानले राजदुतलाई जानकारी गराएका थिए। उनले नेपाली खेलाडिहरु एकदम मेहनती रहेको उल्लेख गर्दै आगामी दिनहरुमा पनि नेपाली राजदुतावासले यस्तै साथ र सहयोग गरेमा उनिहरुलाई अझै राम्रो गर्न हौसला मिल्ने उल्लेख गरेका थिए।

युएईका पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री तथा प्रशिक्षक जगन अधिकारीको नेतृत्वमा रहेका खेलाडिहरु सबिन पाण्डे, हरी कृष्ण विष्ट र शान्ति भण्डारी भोली मंगलबार २३ जुलाईका दिन कोरिया प्रस्थान गर्ने छन्। त्यसका लागी कोरियन प्रशिक्षक नाम्हो क्वान भने कोरिया गईसकेका छन।

बिगत लामो समय देखी युएईमा रहेर तेक्वान्दो खेललाई निरन्तरता दिदै आएका खेलाडी सबिन पाण्डे आफ्नै ब्यबसाय गर्छन भने अर्का खेलाडी हरी कृष्ण विष्ट आबुधाबी स्थित एक प्यालेसमा काम गर्छन। त्यस्तै बिगबस टुर्समा कार्यरत अर्की खेलाडी शान्ति भण्डारी मध्य पुर्वको पर्यटन क्षेत्रमा पहिलो महिला डबल-डेकर बस चालकको रुपमा आफ्नो परिचय स्थापित गरेकी छिन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here