विमान दुर्घटनाप्रति बागमती प्रदेश प्रमुख शर्माद्वारा शोक व्यक्त

0
8
बागमती,
सौर्य एयरको विमान दुर्घटनामा परी १८ जनाको निधन भएकोप्रति बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शोक व्यक्त गर्नुभएको छ ।
आज शोक विज्ञप्ति जारी गर्नुहुँदै उहाँले विमान दुर्घटनामा परी निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको हो ।
आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
उक्त विमानका पाइलट मनिष शाक्य गम्भीर घाइते हुनुभएको छ । उहाँको हाल काठमाडौँको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here