सौर्य एयरको विमान दुर्घटनाप्रति राप्रपाद्वारा दुःख व्यक्त

0
10

काठमाडौँ,

आज बिहान भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुःख व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आज एक शोक विज्ञप्ति जारी गरी १८ जनाले अकालमा ज्यान गुमाउने गरी भएको जहाजÞ दुर्घटनाले राष्ट्रिय प्रजातन्त्र पार्टी स्तब्ध भएको उल्लेख गर्नुभयो ।

चितवनको सिमलटारमा बस दुर्घटनामा करिब ६५ यात्रुसहितको अवस्था अज्ञात रहेको दुःखदायी घटनाबाट बाहिर निस्कन नपाई अर्को अकल्पनीय हवाइ दुर्घटना हुनु अत्यन्तै पीडादायी भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी राप्रपाले दुर्घटनामा आफन्तजन गुमाउन पुगेका परिवारजनप्रति समवेदना र दिवङ्गतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते हुनुभएका क्याप्टेन मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

यसैगरी समस्याको दीर्घकालीन समाधानका लागि पनि सरकारको ध्यानाकर्षण गराइएको छ । विज्ञप्तिमा भनिएको छ,“सडक तथा हवाई दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या निरन्तर बढिरहेको अवस्थामा यसको दीर्घकालीन समाधान नखोजी दुर्घटना जॉंचबुझ आयोग बनाइ प्रतिवेदन लिने र त्यसपछि थप कारबाही नगरी बस्ने प्रवृत्ति देखिएको छ । दुर्घटना पश्चात् सरकारद्वारा जॉचबुझ आयोग गठन गर्ने काम स्वागतयोग्य भए पनि यसले मात्र दीर्घकालीन समस्या समाधान गर्दैन ।

युरोपियन युनियनको ‘सेफ्टी अडिट’ मा सुधार गर्न दिएका सुझावलाई आलटाल गर्ने प्रवृत्ति अहिलेको दुर्घटनाको मुख्य कारक हो । तसर्थ, सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा सञ्चालक सबैले आआफ्नो जिम्मेवारी निर्वाहमा कठोरतापूर्वक लाग्न र नेपाल सरकारले तत्काल नेतृत्व लिन सरकारको ध्यानाकर्षण गराउँदछौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here