कचनकवलमा करेन्ट लगेर एक ब्यक्तिको मृत्यु

0
25

झापा।

झापाको कचनकवल गाउँपालिका ४ मा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका १५ वर्षीय विशालकुमार साहको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरको बरण्डामा रहेको टिनको छानोमा विद्युत प्रवाह हुदाँ उनलाई करेन्ट लगेको थियो । उनलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र बनियानी लगेपनि उनको बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here