बिर्तामोड उद्योग वाणिज्य संघको विशिष्ठ सदस्यमा भट्टराई

0
56

झापा,  बिर्तामोड उद्योग वाणिज्य संघको विशिष्ठ सदस्यमा निर्मल भट्टराईलाई मनोनित गरिएको छ ।
संघको विधान २०७३ को परिच्छेद नंं. ३ को दफा ६.१ को उपदफा “घ” मा व्यवस्था भए अनुसार संघको कार्यकारिणी समितिको बिशिष्ठ सदस्यमा भट्टराईलाई मनोनयन गरिएको हो । विहीवार बसेको संघको कार्यसमितिको बैठकले निर्मल स्टोरका प्रोप्राइटर समेत रहेका भट्टराईलाई वाणिज्य संघको विशिष्ठ सदस्य पदमा मनोनित गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।
बिर्तामोडका युवा व्यवसायी भट्टराई नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रीय अध्ययक्ष हुन् ।  उनी एभरेष्ट लार्ज कार्डमम इन्ड्रिष्टिका अध्यक्ष समेत रहेका छन् । बिर्तामोड ५ निवासी भट्टराई विभिन्न सामाजिक संघ संस्थामा समेत क्रियाशील छन् । उनी लोकप्रिय युवा व्यवसायीका रुपमा चिनिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here