कदमगाछीमा सञ्चालित एकल विद्यालयको अनुगमन तथा निरीक्षण

0
3

अर्जुनधारा ।

जनकल्याण प्रतिष्ठान नेपालको एकल विद्यालय अभियान अन्र्तगत झापाको अर्जुनधारा–८ कदमगाछीमा सञ्चालित एकल विद्यालयको शनिबार अनुगमन तथा निरीक्षण गरिएको छ ।

समाजमा रहेका बालबालिकाहरुलाई संस्कारयुक्त शिक्षामा विशेष जोड दिने उद्देश्यले विगत ७ वर्षदेखि सञ्चालनरत् उक्त विद्यालयको प्रतिष्ठानका प्रमुख संरक्षक, पदाधिकारी तथा सदस्यहरुले अनुगमन तथा निरीक्षण गरेका हुन् ।

एकल विद्यालय कार्यसमितिका उपाध्यक्ष मुक्ती भण्डारीको अध्यक्षता र प्रतिष्ठानका प्रमुख संरक्षक महेश भाइदेवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, वकतृत्वकला, चित्रकला, भजनकिर्तनलगायत प्रस्तुत गरेका थिए ।

अनुगमन तथा निरीक्षण टोलीमा प्रमुख अतिथि प्रमुख संरक्षक भाइदेवसँगै प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष जीतेन्द्रकुमार राठी, सचिव राजकुमार शर्मा, कोषाध्यक्ष देवेन्द्रकुमार सेठीयालगायतको सहभागिता रहेको थियो ।

अभियान अन्र्तगत देशभर एक हजार ६५ वटा र कोशी प्रदेशमा दुई सय सात वटा विद्यालय सञ्चालन भइरहेको प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष राठीले जानकारी दिए । कार्यसमितिका सदस्य केशव पन्तले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र उप्रेतीले गरेका थिए ।

कार्यसमितिकी अध्यक्ष चित्रा पौडेलका अनुसार विद्यालयमा प्रत्येक दिन एक–दुई घण्टा आचार्य लक्ष्मी भट्टराईबाट त्यस क्षेत्रका बालबालिकाहरुलाई संस्कारयुक्त शिक्षा प्रदान हुने गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here