सहयोग लिएर बिरामीको घरमा पुग्यो आश्रय प्रतिष्ठान

0
58

योगेन्द्र योगी
मोरङ,

विगत ११ बर्ष देखि ओछ्यानमै थला परेकी मोरङको सुन्दरहरैचा १० की ४५ बर्षीय शान्ता माया सार्कीलाई आश्रय सुधार केन्द्र(आश्रय प्रतिष्ठान) ले सहयोग गरेको छ।

आइतबार साझ जनचर्चा टाइमसमा पोष्ट भएको भिडियो हेरेको केहि समयमै आश्रय प्रतिष्ठान नेपालका अध्यक्ष जनक खत्री र प्रतिष्ठानका कार्यक्रम संयोजक सेवक खत्रीले सहयोग गर्ने प्रतिबद्धता गरेअनुसार आज सोमबार पिडित सार्कीको घरमा पुगेर सहयोग हस्तान्तरण गरेका हुन्।

पिडितको अर्थिक अवस्था अत्यन्तै कम्जोर भई खान लाउनै समस्या भएको खबर बाहिरिएपछि आश्रय प्रतिष्ठानले चामल,दाल,तेल नुन लगायतका खाद्य सामग्री वितरण गर्नुका साथै नगद १० हजार रुपैया पनि सहयोग गरेकों छ।

‘न्युज हेर्ने बित्तकै मनमा चिसो पस्यो त्यसपछि के कति सहयोग गर्न सक्छौ भनेर सरसल्लाह गर्यौ, प्रतिष्ठान अध्यक्ष जनकले भने,’अहिले तत्कालका लागि खाद्य सामग्री र केहि नगद ल्याएर दिएका छौ,हाम्रो उदेश्य भनेको पनि आफू भन्दा तल्लो र गरिवीको रेखामुनि रहेका नागरिकहरुलाई सहयोग गर्नु पनि हो।’

अहिले तत्कालको लागि यति सहयोग लिएका छौ अझै थप सहयोग गर्दै जाने अध्यक्ष खत्रीले बताए। प्रतिष्ठानका कार्यक्रम संयोजक सेवक खत्रीले पनि हतार -हतारमा केहि सहयोग ल्याएर हस्तारन्तरण गरिएको बताउदै आगामी दिनमा पनि सहयोग गर्दै जाने बताए। छिट्टै केहि समाजसेवी साथीहरुसँग छलफल गरेर थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

खाद्य सामग्री तथा आर्थिक सहयोग कार्यक्रमा बोल्दै सुन्दरहरैचाका शिक्षाप्रमी तथा समाजसेवी कमल खनालले समस्या सुन्ने बित्तकै आश्रय प्रतिष्ठानले सहयोग लिएर पिडितको घरमै आएको भन्दै प्रतिष्ठानका अध्यक्ष र कार्यक्रम संयोजकको खुलेर प्रशंसा गरेका थिए। आश्रय प्रतिष्ठान जस्तो एउटा पवित्र संस्थाले पिडितको घाउमा मलम लगाउदै एक उदारहणीय काम गरेको र अहिले पनि समाजमा यस्ता कार्य गर्ने मानिस रहेकोमा खुशी व्यक्त गरेका थिए।

उनले आफूले पनि सकेको सहयोग गर्ने बताएका छन्। यस्तै सहयोगी मनहरु समूह सुन्दरहरैचाका अध्यक्ष भिम अधिकारीले पनि आफूहरु यहिँ रहेर पनि बिरामी बारे थाहा नपाएकोमा दुख व्यक्त गर्दै आफ्नो सस्थाको तर्फबाट पनि खाद्यन लगायत आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। ११ बर्षदेखि नशा हड्डी सम्बन्धी रोगको बिरामी हात खुट्टा नचल्ल्ने,बोली नआउने र हिड्डुल गर्न नसक्ने भएर बेडमै थला परेकी छिन् ।

भएको जयाजेथा पनि बिरामी भएपछि काठमाडौँ जाँदा उपचारमै सकिएपछि अहिले धनमालको नाममा केही नरहेको र घरको आर्थिक अवस्था कम्जोर हुनुको साथै,बिरामीको अवस्था पनि झन् नाजुक हुँदै गरेकाले थप उपचारको लागि सहयोग गरिदिन सबै देश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उनका श्रीमान चन्द्रबहादुर सार्कीले अनुरोध गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here