गोरखा पहिरो अपडेटः पाँच जना अझै भेटिएनन्

0
20
गोरखा,
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरामा परी बेपत्ता भएका अझैसम्म पनि भेटिएका छैनन् ।
गए राति भीषण पहिरामा बेपत्ता भएकाहको खोजी सुरु भएको करिब १३ घण्टासम्म पनि बेपत्ता पाँचै जना नभेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
‘‘बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको छ, उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म कोही पनि फेला परिसकेको अवस्था छैन ।’’ पहिराले घर गहिरो गरी पुरिएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भएको उहाँले बताउनुभयो ।
पुरिएको घर आसपास ठाउँ र भित्तामा खोतल्ने काम भइरहेको डिएसी श्रेष्ठको भनाइ छ । खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी खटिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here