जीर्ण विद्यालयको भवनबाट वडा कार्यालयको काम

0
15

टक्सार (भोजपुर),

आफ्नै भवन नहुँदा भोजपुर नगरपालिका–५, बोखिममा रहेको वडा कार्यालयले वर्षौदेखि विद्यालय भवनबाट दैनिक सेवा प्रवाह गर्दै आइरहेको छ । कार्यालयले पञ्चकन्या माविको जीर्ण भवनबाट सेवा सञ्चालन भइरहेको जनाएको छ ।

आफ्नै भवन अभावमा विद्यालयको जीर्ण भवनबाट वडाको दैनिक कामकाज गर्दै आएको वडाध्यक्ष फबिन्द्र प्रधानले बताउनुभयो । “हामीसँग वडा कार्यालय सञ्चालनका लागि भवन छैन, स्कुलको कोठा मागेर बनाएको कार्यालयमा पनि काम गर्न निकै कठिन हुने गरेको छ”, प्रधानले भन्नुभयो ।

विद्यालयले दिएको दुई कोठे भवन पनि सबै जीर्ण अवस्थामा छ । वडा कार्यालयको भवन निर्माणका लागि स्थानीय धनराज राईले तीन रोपनी जग्गा उपलब्ध गराउनुभएको छ । जग्गा उपलब्ध भए पनि बजेट अभावमा भवन निर्माण हुन सकेको छैन ।

पूर्वाधार अभावका कारण सेवाग्राही आउँदा भीड हुने र चुस्त सेवा दिन गाह्रो हुने गुनासो अध्यक्ष प्रधानको छ । कार्यालय सञ्चालन गर्ने पूर्वाधार नहुँदा जनताले अपेक्षा काम गर्न नसकिएको वडासचिव अभिनास राईले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here