इनरुवाबाट ११६ किलो गाँजासहित दुईजना पक्राउ

0
20

सुनसरी ।

सुनसरीको इनरुवा नगरपालिका–९ बबिया चोकबाट आइतवार सशस्त्र प्रहरीले करिब ११६ केजी गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएकाहरु धनकुटा जिल्लाको साघुँरीगढी गाउँपालिका–१ बुढीमोरङ्ग बस्ने ३२ वर्षीय रामकुमार राई र २२ वर्षीय बुद्ध लिम्बु छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीले नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा सो गणबाट खटिएको सुरक्षा फौजले धनकुटाबाट प्रदेश नं १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडीमा लोड गरी सुनसरीतर्फ ल्याउँदै गरेको गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा बुझाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here