प्रजातन्त्र सेनानीहरूलाई राज्यले सम्मान गर्नुपर्छ ः राष्ट्रपति

0
18

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनस्र्थापनको अविश्राम र अथक संघर्षका कष्टकर क्षण व्यतित गर्ने प्रजातन्त्र सेनानीहरूको त्याग र संघर्षको राज्यले उचित कदर र सम्मान गनुपर्ने बताउनुभएको छ । प्रजातन्त्रका लागि संघर्ष गरेका प्रजातन्त्र सेनानीहरूसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।

“ प्रजातन्त्र सेनानीहरूले विगतमा गर्नुभएको योगदानको कदर गर्दै उहाँहरूलाई सरकार र सम्बन्धित निकायले दिनुपर्ने सम्मान, सुविधा र सहयोगमा कुनै कञ्जुस्याई हुने छैन भन्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो । राष्ट्रपति पौडेलले स्वतन्त्रता सेनानीहरूले राखेका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । “ नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा तपाईहरूको संर्घष, त्याग र योगदान महत्वपूर्ण छ, अहिले तपाईहरूलाई राज्यले जे जति गर्नुपर्ने थियो त्यो भइरहेको छैन् भन्ने मैले महसुश गरेको छु”, उहाँले भन्नुभयो ।

शहीद र प्रजातन्त्र सेनानीहरूको त्याग, वलिदान र संघर्षका कारण अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रान्त्रमक शासन व्यवस्था पाएको उहाँको भनाइ थियो । “राजनीतिक स्थायित्व, सुशासन र जनताको आकांक्षा पुरा हुन सकेमात्र मुलुक विकासको बाटोमा अघि बढ्छ, हामीले अपनाएको शासन प्रणाली सुदृढ हुन्छ र लोकतान्त्रिक मूल्यमान्यता, आदर्श र निष्ठाका साथ हाम्रा अग्रजहरूले गरेको त्याग र संघर्षले सार्थकता पाउनेछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

यसमा सबै लोकतन्त्रप्रेमीहरू सधैँ सचेत र जागरुक रहनुपर्ने उहाँको भनाइ थियो । सो अवसरमा नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीहरूका लागि राज्यले दिनुपर्ने सुविधा र सम्मानबारे राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here