बेलबारीको खड्का आयल सेन्टरले तेल भर्दा हावा वितरण गरेको ग्राहकको गुनासो

0
44

बेलबारी,

मोरङको बेलबारीमा खड्का आयल सेन्टरले सावरी साधनमा तेल भर्दा हावा दिएको पाइएको छ ।

पेट्रोल भर्न आएका एक युवकलाई १३ लिटर क्षमता भएको मोटरसाइकलमा करिब २ लिटर रिजर्वमा थप १४।५ लिटर तेल खड्का आयल सेन्टरले हालिदिए पछि तेलसँगै हावा भर्ने काम हुँदो रहेछ भन्ने खुलेको छ । पथरीशनिश्चरे नगरपालिका निवासी विवश सुब्बाले तेल भर्दा खड्का आयलले हावा भर्दिएको बताए ।

सुब्बाका अनुसार विराटनगर देखि घर फर्कने क्रममा खड्का आयलमा १३ लिटर क्षमता भएको ट्याङ्कीको ३५० सिसिको बुलेट बाइकमा तेल भरेका थिए । तर तेलको सट्टा हावा मात्र भरिएको सुब्बाको गुनासो रहेको छ ।

बाइकमा भएको करिब २ लिटर भन्दा बढी तेल हुँदा पनि १३ लिटर मात्र क्षमता भएको ट्याङ्कीमा १४।५ लिटर तेल हालेको मिटरमा देखिएको तर तेल भने सोही अनुसार नभएको सुब्बा बताउँछन् । सुब्बासँगै तेल भरेकी सावित्र सेर्माको पनि सोही कार्य भएको छ । ट्याङ्की पूर्ण भर्ने मनसायले करिब १ लिटर भन्दा बढी पेट्रोल रहेको स्कुटरमा रु।५०० को पेट्रोल भर्दा पनि नभरिएको तर जतिको त्यही तेलको मिटरले देखाएको सेर्मा बताउँछिन् ।

अन्य मानिसहरू पनि तेल भर्ना सुब्बा र सेर्मासँगै लाइनमा थिए तर सुब्बाले सचेत गराए पछि अन्य जोगिएको टेक बहादुर राई बताउँछन् । पथरीशनिश्चरे निवासी राई पनि पेट्रोल हाल्न त्यस बेला लाइनमा थिए । खड्का आयल सेन्टरलाई कानुनी कारबाही गर्न उनीहरूको माग रहेको छ ।

गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरका प्रमुख शम्भु कुमार झाका अनुसार वितरण केन्द्रमा रहेको मेसिनमा एयर स्टेब्लरको व्यवस्था रहेको छ। कैफियत भए मात्र मिटरमा इन्धनको मात्र बढी देखाउने झाको राय रहेको छ ।

नाप/जाँचको लागि गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरबाट टिम परिचालन गरिसकेको झाले बताएका छन् । खड्का आयल सेन्टरको लापरबाही वा जानी जानी गरेको केही कमजोरी भेटिए तत्काल तेल वितरणमा रोक लगाउने झाले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here