सहकारीका संचालकलाई कर्जा जोखिम तालिम

0
16

झापा, बचत तथा ऋण सहकारी संघ झापाले १४औं स्थापना दिवस मनाएको छ । शनिवार बिर्तामोडमा कार्यक्रम गरी संघले स्थापना दिवस मनाएको हो । संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमलाइृ उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले विधिसम्मत तरिकाले सहकारीका दर्शन, सिद्धान्त र मूल्य मान्यतामा संचालित संस्थाहरूमा समस्या नभएको र नहुने उल्लेख गरे । कार्यक्रममा उत्कृष्ट बचत कारोेवार गर्ने न्यू पाथीभरा बचत तथा ऋण सहकारी संस्था झापा गाउँपालिका र ऋणतर्फ उत्कृष्ट कारोवार गर्ने जनशक्ति बचत तथा ऋण सहकारी संस्था बिर्तामोडलाई आगामी वार्षिक साधारण सभामा सम्मान गर्ने घोषणा गरिएको छ ।साथै उक्त कार्यक्रमको अवसरमा सर्वोच्च अदालतका उप–सचिव राजन सुवेदीको सहजीकरणमा कर्जा जोखिम विश्लेषण तथा कानूनी परामर्शसम्वन्धी एक दिवसीय तालिमसमेत आयोजना गरिएकोे थियो।
संघका सचिव याम चुडालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले गरेका थिए । कार्यक्रममा महिला उपाध्यक्ष चन्द्राकुमारी खड्का, उपाध्यक्ष वीपी भट्टराईलगायतका पदाधिकारी र जिल्लाका सदस्य संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको व्यवस्थापक कोपिला बजगाँईले जानकारी दिएकी छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here