दमकबाट पेस्तोलसहित एक व्यक्ति पक्राउ

0
48

बिर्तामोड।

झापा प्रहरीले दमकबाट पेस्तोलसहित एक ब्यक्ति पक्राउ परेका छन् ।

दमक–५ वानेश्वर हाइट मार्ग जाने भित्री सडक खण्डमा विशेष सूचनाको आधारमा आज बिहान खानतलासी गर्दा दमक ८ बस्ने ३६ वर्षीय सञ्जीव गजमेरलाई पोस्तोलसहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरीले को ३८ प ५६४९ नम्बरको स्कुटरलाई रोकेर जाँच गर्ने क्रममा स्कुटरको अगाडि चाबी लगाउने भागको तल सामान राख्ने खाली भागमा लुकाइछिपाई राखेको पेस्तोल बरामद गरेको थियो ।

प्रहरी टोलीले स्पेशल मेड इन इटली अटो मिसाइल लेखिएको 7657 Round No 02 को पेस्तोलसहित गजमेरलाई प्रहरीले पक्राउ गरेको हो । गजमेरले लगाएको जिन्स पाइन्टको पछाडीको गोजीबाट दुई वटा म्याग्जिन समेत बरामद भएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धामन शुरु गरेको डीएसपी चन्दले बताए । हिजो मात्रै झापाकै अर्जुनधाराबाट प्रहरीले बन्दुकसहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गर्न सफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here