कोशी प्रदेशमा ‘कृषि एक्स्पो’ हुने

0
20

झापा ।

नेपाल उद्योग वाणिज्य महासंघले कोशी प्रदेशमा कृषि एक्स्पो–२०८१को आयोजना गर्ने भएको छ ।

कोशी प्रदेशमै पहिलोपटक कृषिको क्षेत्रमा कृषि एक्स्पो गर्न लागिएको बिर्तामोड उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रमकाबीच जानकारी गराइयो । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले कृषि एक्स्पोका वारेमा जानकारी गराएका थिए ।

कृषिमा सम्भावना बोकेको कोशी प्रदेशको उत्पादनलाई अन्तर्राष्ट्रिय बजार समक्ष कसरी पु¥याउने भन्ने विषयमा नेपाल र भारतका कृषि विज्ञसँग छलफल चलाउने गरी कृषि एक्स्पोको आयोजना गर्न लागेको अध्यक्ष राउतले बताए ।

कोशी प्रदेश सरकारसँग सहकार्य गरेर नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको मोरङ जिल्लाको कटहरी गाउँपालिकास्थित कृषि थोक बजार केन्द्रमा आगामी भदौ २७ गतेदेखि ३० गतेसम्म कृषि एक्स्पोको आयोजना गर्न लागेको जनाएको छ । पहिलोपटक गर्न लागिएको कृषि एक्स्पोले किसानसहित सम्बन्धित निकायलाई फाइदा पुग्ने आशा सरोकारवाला निकायले लिएका छन् ।

कार्यक्रममा अध्यक्ष राउतसंगै उद्योग वाणिज्य महासंघ कोशी प्रदेश कोषाध्यक्ष सुवास आर्चाय, प्रदेश सदस्य भविस श्रेष्ठ, बिनोद बस्नेतले सहभागिका जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रममा महासंघको केन्द्रीय सदस्य नरेन्द्र खड्का, अलैंची व्यवसायी महासंघको अध्यक्ष निर्मल भट्टराई, महासचिव नारायण चिमरिया, नेपाल चिया उत्पादक संघको अध्यक्ष आदित्य पराजुली, उद्यमी गोमा भट्टराई, बिर्तामोड कृषि शाखा प्रमुख राजेन्द्र कडरिया, व्यवसायी मीनप्रकाश मैनाली, राजेन्द्र थापा लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

२०८१ भदौ २७, २८, २९ र ३० गते गरी ४ दिनसम्म सञ्चालन हुने कृषि एक्स्पोलाई भव्य रुपमा सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघले तयारी शुरु गरिसकेको जनाएको छ ।

महासंघ कोशी प्रदेश अध्यक्ष राउतको प्रमुख आतिथ्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन संघको महासचिव कुशल खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here