दाजुभाइ छुट्टिदैमा मन छुट्टिदैन

0
7

दाजु ! त्यहाँ के भा’ को ? त्यहाँ त बन्धु फुटाउने काम गर्नुभएछ । हन कस्तो मान्छेको हातमा नेतृत्व परेछ ! यस्तो काम त सज्जन, राम्रो, भलाद्मी र इमान्दार मानिसले त कहिल्यै गर्दैनन् । मैले त पहिले भनेको थिएँ– यी मानिस त ठिक होइनन् भनेर । यिनले यो हाम्रो बन्धु समाज कहाँ पु¥याएर भड्खालोमा जाक्नेछन् । हुन पनि ठिक त्यसै भयो । खत्तमै पारे, गर्नु÷नगर्नु गरे, वित्यास नै पारे । यस्तो राम्रो बन्धु एकता समाज बनाएको थियो ।

ए बाबा ! कमसेकम केन्द्रमा खबर त गर्नुपर्छ । थाहा दिनुपर्छ हामी यसो गर्दैछौं भनेर । कसैलाई थाहै नदिई त्यस्तो काम गर्न के उचित हुन्छ ? हामीलाई त पाच्य भएन, हुनु पनि कसरी ? यसै गरेर देशैभरि टुक्रा–टुक्रा पारेर बन्धु एकता भाड्ने भड्काउने हो भने हाम्रो एकता समाप्त भएर जान्छ । अब हामीहरुले नाक मुख देखाएर हिँड्नु कसरी ? यो कुकृत्यको विरोधमा हामी न्यायको शरणमा जान्छांै । यदि त्यसो गरेकै हो भने के एकै ठाउँमा बसेर छलफल गर्न सकिँदैन ? देश–विदेशमा कत्राकत्रा युद्ध हुन्छन् । हजारौं मानिस मर्छन् । अरबौंको धन सम्पत्तिको नष्ट हुन्छ ।

अन्त्यमा दुई पक्ष बसेर छलफल गरेर निकास निकालेर समस्या समाधान हुन्छ, युद्ध अन्त्य हुन्छ, शान्ति कायम हुन्छ भने यहाँ त त्यस्तो ठूलो अपराध गरेको, देशलाई नै विखण्डनतिर लगेको, सहनै नसक्ने काम गरेको त छैन होला भन्ने प्रश्नमा– ‘अब समय सकियो, त्यसो गर्न सकिँदैन । अब भनेको स्पष्टीकरण सोध्ने, त्यहाँका बन्धुहरुको सामाजिक सम्पत्ति रोक्का गर्ने, त्यो समाजलाई निलम्बन गर्ने, त्यसपछि खारेज गर्ने र नयाँ समिति गठन गर्ने ।’ यस्तो उत्तर आउँदा कता–कता अचम्म लाग्यो । के त्यो भने जस्तो गर्दा बन्धु एकता हुन्छ ? समाज पुरानै अवस्थामा फर्कन्छ त ? के त्यसो गर्दा समाज विखण्डन हुनतिर लाग्दैन ? सोचनीय विषय छ ।

समाजमा सबै एकैखाले मानिस हुँदैनन् । एउटै सोच, एउटै विचार सबैको हुँदैन । भिन्न–भिन्न विचार भएका मानिस हुन्छन् । कोही मानिस समाजलाई कसरी भाडुँ भन्नेतर्फ लागिरहेका हुन्छन् । विवाद झगडा ठूलो परिश्रम र मेहनत गरेर मिलाइएको हुन्छ । तर, त्यस्तो मिलाएको मिलेको देख्न नसक्ने मानिसले तिनी मिलेको थाहा पाउना साथ भाड्न पुग्छन् । जसरी तसरी भाँडेरै छोड्छन् । यस्ता व्यक्तिबाट सदैव सबैले सचेत हुन जरुरी छ ।
विषयविज्ञ मानिस हुन्छन्, तर सबै विषयमा विज्ञ कोही हुँदैनन् । विद्वान र धनी मानिसको कमी छैन । पढेर मात्र सबै कुराको ज्ञान प्राप्त हुँदैन । ज्ञान प्राप्त गर्न पर्नुपर्छ । पढेर मात्र होइन । बारीमा मकै छरेको हुन्छ, तर त्यहाँ मकै छरेको ठाउँमा कालिपोके के कसरी भयो । त्यस्तै समाजमा एउटा न एउटा भडुँवा हुन्छन् । विद्वान मानिसले सोच्नुपर्छ, बुझ्नुपर्छ, राम्रो काम गरेको छ कि नराम्रो । यो मानिस त हाम्रै हो, तर यसले ठिक भन्यो कि बेठिक ? त्यति पनि नछुट्याइ कागले कान लाग्यो भन्दा आफ्नो कान नछामी कागको पछि लाग्नु कतिको जायज हो ?

प्रसङ्ग हो संस्था दर्ता सम्बन्धमा । होटल व्यवसायी महासंघ दर्तावाला संस्था हो । त्यस्तै जिल्ला जिल्लामा होटल व्यवसायी जिल्ला संघ दर्तावाला संस्था हो । होटल व्यवसायी महासंघ र होटल व्यवसायी जिल्ला संघको मत भिन्नता छैन । प्रत्येक गाउँपालिका र नगरपालिकामा होटल व्यवसायी संघ दर्ता गरेका छन् । होटल व्यवसायी महासंघ, होटल व्यवसायी जिल्ला संघ र गाउँ तथा नगरमा रहेका दर्तावाला होटल व्यवसायी संघबीच नङ र मासुको सम्बन्ध छ । एकपटक त्यता पनि नजर लगाउने हो कि ?

अर्को प्रसङ्ग, ज्येष्ठ नागरिक महासंघ पनि दर्तावाला ज्येष्ठ नागरिकहरुको धरोहर संस्था हो । प्रत्येक प्रदेशमा पनि संस्था दर्ता गरी सञ्चालनमा आएका छन् । प्रत्येक जिल्ला, नगर तथा गाउँपालिकामा ज्येष्ठ नागरिक संघ दर्ता गरी सञ्चालनमा आएका छन् । त्यहाँ कहाँनेर विवाद छ ? एकले अर्कालाई साथ सहयोग र प्रतिनिधित्व गराएर काम गरेका छन् । यी र यस्ता त प्रतिनिधि पात्र मात्र हुन् । बन्धुहरुको हकहित र अधिकारका निमित्त प्रत्येक जिल्लामा देश–विदेशमा रहेका दाजुभाइहरुसँग साथ सहयोग मागेर विभिन्न कोष खडा गरिएका छन् र यो स्वभाविक हो । त्यसबाट तिनै बन्धुहरुलाई राहत दिन सकिन्छ । त्यो अक्षय कोषको लागि भनेर उठाएको रकम अन्य काममा लगाइयो भने त्यो अन्याय हुन्छ र दाताको समेत अपमान हुन्छ ।

के ती नेतृत्वदायी भूमिकामा रहेका बन्धुले नराम्रो काम गरेकै हुन त ? यसरी देश विदेशमा रहेका मनकारी दाजुभाइहरुबाट रकम संकलन गरी अक्षयकोष खडा गरी कार्य गर्नु अपराध हो ? सबै बन्धुहरुसँग सहयोग मागेर बन्धुहरुको मन्दिर निर्माण गर्नु अपराध हो ? त्यसैगरी सहयोग नै मागेर मन्दिर परिसरमा घेराबारा गर्नु के अपराध हो ? बन्धुहरुकै सहयोगमा मन्दिर परिसरमा भएको भवनमाथि ट्रष्ट लगाउनु अपराध हो ? बन्धु विरामी पर्दा, बन्धुका आफन्त विरामी पर्दा घरमै तथा अस्पतालमा नै पुगेर सान्त्वना दिनु के अपराध हो त ? बन्धुहरुले भवन क निर्माणको लागि जग्गा खरिद गर्न आफ्नो जिल्लाका मनकारी बन्धुहरुबाट ठूलो रकम पठाउनु, देश–विदेशका बन्धुहरुलाई सहयोगको लागि आह्वान गर्नु के अपराध हो र ? के तपाईं त्यो नेतृत्वमा पुग्नुभयो भने यी र यस्ता कार्य गर्न सक्नुहुन्छ ? यदि सक्नुहुन्छ भने आफ्नो ठाउँमा गरेर देखाउनुहोस् ।

मनमा क्लेस, भ्रम नपालौं । हामी आफू आफू नफुटौं । सोचौं विचार गरौं । कसैको लहैलहैमा नलागौं । ‘फुट्यो फुट्यो’ होइन ‘जुटौँ जुटौँ’ तर्फ लागौं । कसैलाई पनि तथ्य नबुझी, नजानी गाली नगरौं । हामी सबै सभ्य छौं । सभ्य व्यवहार गरौं । एकता नै बल हो । संघ–संस्थामा सम्बन्धित निकायमा दर्ता हुँदैमा फुट हुँदैन । घरका दाजुभाइ छुट्टिदैमा मन छुट्टिदैन । बाबुआमा भनेका बाबुआमा नै हुन् । स्नेह माया ममता सदैव रहिरहनेछ भन्दै गर्दा ७७ वर्ष पार हुन लागिएछ । यत्रो वर्ष के–के गरियो के–के गरिएन, लेखाजोखा गर्न बाँकी नै छ । लेखाजोखा गर्ने काम चिनेजानेकै व्यक्तिहरुको हो । तपाईंहरुको हातमा छ । धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here