विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने पावरटेक कम्प्युटरका सञ्चालक मेचे र शिक्षक खनाललाई कानूनी कारवाहीको माग

0
27

झापा,  वीर अमरसिंह माविका विद्यार्थीलाई यौन दुव्र्यवहार गर्नेलाई कडा भन्दा कडा कानूनी कारवाही गरिनुपर्ने माग गरिएको छ ।
बिर्तामोड नगरपालिका २ वेलडाँगीमा रहेको विद्यालयले मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयका छात्रामाथि यौन दुव्र्यवहार गर्ने पावरटेक कम्प्युटरका सञ्चालक अलेक मेचे र कर्मचारी नारायण खनाललाई कानूनी कारवाहीको माग गरिएको हो । उनीहरुले व्यवहारिक अभ्यास शिक्षण(ओजेटी) का लागि पठाइएको विद्यार्थीमाथि यौनहिंसा गरेका र उनीहरुलाई काडा भन्दा कडा कारवाही गरिनु पर्ने विद्यालयका प्रधानाध्यापक यदु अधिकारीले माग गरे ।
१८ बर्ष पुुरा भएपछि आए आइफोन किनिदिने भन्दै उनीहरुले विद्यार्थीको संवेदनशील अंगमा छुने, सुम्सुम्याउने, नदिए ओजेटीको प्रमाणपत्र नै नदिने र विद्यार्थीलाई घुम्न जान दवाव दिने जस्ता त्रास देखाएर छात्राहरुमाथि यौन हिंसा गर्ने गरेको प्रधानाध्यापक अधिकारीको भनाई छ ।
विद्यार्थीमाथि यौनजन्य दुव्र्यवहार गरेको आरोप लागेसंगै मेचे र खनाल पक्राउ परेका थिए । तर, मेचे रिहा भएका छन् भने खनालमाथि प्रहरीले हिरासतमा राखेर अनुसंधान गरिरहेको छ ।
बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको पावरटेक कम्प्युटरमा व्यवहारिक अभ्यास शिक्षण(ओजेटी) का लागि पठाएका बिद्यार्थीमाथि भएको यौन दुब्र्यबहारपछि उनीहरुलाई कारवाही गर्न बिद्यालयले माग गर्दै आफ्ना विद्यार्थी फिर्ता बोलाएको छ ।
गत साउन ३२ गते छात्रामाथि यौन दुब्र्यबहार भएको बिद्यालयले जनाएको छ ।
वीर अमरंिसह माविमा २०७४ सालदेखि कम्प्युटर इन्जिनियरिङ अध्ययन हुँदै आएको छ । कक्षा ९ देखि १२ सम्म त्यस बिद्यालयमा प्रविधिक धारको सो बिषयमा अध्ययन हुँदै आएको हो । कोर्ष अनुसार बिद्यार्थीले इसइई परीक्षापछि ३०० घण्टा, कक्षा ११ को परीक्षापछि ३०० घण्टा र कक्षा १२ को फाइनल परीक्षापछि ६०० घण्टा ओजेटीमा सहभागी हुनुपर्छ । त्यसपछि मात्र बिद्यार्थीको १०० पूर्णांकको परीक्षा पुरा हुने नीति राष्ट्रिय परीक्षा बोर्डको छ ।
त्यसका लागि बिद्यालयले बिर्तामोड क्षेत्रका बिभिन्न कम्प्युटर पसल तथा इन्स्टिच्युटहरुमा बिद्यार्थीलाई ओजेटी गराउँछ । त्यसैक्रममा पावरटेकमा पठाइएका छात्रामाथि यौन दुब्र्यबहार भएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।
छात्रामाथि यौनजन्य दुब्र्यबहार भएपछि त्यहाँबाट बिद्यार्थी फिर्ता लगिएको उनले बताए । त्यहाँ वीर अमरसिंहका ५ जना बिद्यार्थीलाई ओजेटीका लागि सहभागी गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here