१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

0
28

पाँचथर, १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सिद्धदेवी माध्यमिक बिद्यालय पिपलबोटेका शिक्षक राजकुमार नेम्बाङ पक्राउ परेका छन् ।

फिदिम नगरपालिका १२ स्थित पिपलबोटेका शिक्षक नेम्वाङलाई पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । फिदिम १३ स्थायी घर भएका नेम्बाङ माथि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

नेम्बङमाथि १५ बर्षीया एक बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार फिदिम बजारको सुन्तली चोकको एक घरमा पीडित बालिका उनका अभिभावकसहित बस्दै आएकी थिईन् । सोही घरमा नेम्बाङले आइतबार राति बालिकालाई बलात्कार गरेको आरोप छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक रुपेस तामाङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here