अर्जुनधारा संस्कृत आदर्श माविको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक

0
3

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयले गत आर्थिक वर्ष ०८०/०८१को सामाजिक परीक्षण प्रतिवेदन मंगलबार एक कार्यक्रमकोबिच सार्वजनिक गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल गुरागाईंको अध्यक्षता र अर्जुनधारा नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार “भोला”को प्रमुख आतिथ्यमा आयोजित प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले उक्त प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा विद्यालयको भौतिक, आर्थिक, शैक्षिक एवम् विविध विषय बारे उल्लेख गरिएको छ । त्यसैगरी विद्यालयले गत आर्थिक वर्षमा ६५ लाख ३० हजार ४४ रुपैयाँ पाँच पैसा बराबरको आर्थिक कारोबार गरेको उल्लेख गरिएको छ ।

सोही कार्यक्रममा चालु आर्थिक वर्ष ०८१/०८२को विद्यालय सुधार योजना निर्माण सुझाव संकलन कार्यक्रम पनि सम्पन्न गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, शिक्षक–अभिभावक संघका संयोजक भोलानाथ पौडेल, गंगा थापालगायतले सुझाव व्यक्त गरेका थिए ।

जनप्रतिनिधि, अभिभावक, विद्यार्थी, शिक्षकहरुलगायतको उपस्थिती रहेको कार्यक्रममा प्राप्त सुझावहरुमा सरोकारवाला निकायबाट विद्यालयको भौतिक, आर्थिक तथा शैक्षिक अवस्थाको नियमित अनुगमन गर्नुपर्ने, संस्कृत अध्धयन गर्न टाढाबाट आउने विद्यार्थीको लागि विद्यालयकोतर्फबाट निःशुल्क आवासको व्यवस्थापन गर्नुपर्ने, जीर्ण अवस्थामा रहेका भवनको छाना र शौचालयहरुको निर्माण, विद्यालयमा रहेका भवनहरुको रंगरोगन आदि रहेका छन् ।

विद्यालयका सहायक प्रधानाध्यापक हरिनारायण खतिवडाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक गीता अधिकारीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here