ताप्लेजुङ गोल्डकपः सिरहा सेमिफाइनलमा

0
6
फुङ्लिङ (ताप्लेजुङ),
सलहेस युवा क्लब सिरहा ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पाँचथर फुटबल क्लबलाई १–० ले पराजित गर्दै सिरहा सेमिफाइनलमा पुगेको हो ।
लाखेजात्राका अवसरमा लाखे जात्रा सञ्चालन समितिद्वारा भानुजन माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोतितामा आठ टोली सहभागी छन् । सेमिफाइनलमा सिरहाले यही भदौ ६ काठमाडौँ र झापाबीचको बिजेतासँग खेल्नेछ ।
प्रतियोगिताको बिजेताले रु पाँच लाख र उपबिजेताले रु दुई  लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै विभिन्न बिधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here