विज्ञान तथा प्रविधि विषयका शिक्षकहरूको बैठक सम्पन्न

0
3

पथरी शनिश्चरे,

पथरी शनिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सामुदायिक विद्यालयमा कार्यरत विज्ञान तथा प्रविधि विषय अध्यापन गराउने विषयगत शिक्षकहरूको प्रथम बैठक भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रम अनुसार सामुदायिक विद्यालयमा कार्यरत विज्ञान तथा प्रविधि विषय अध्यापन गराउने विषयगत शिक्षकहरूको बैठक भएको हो ।
विज्ञान शिक्षक समाज पथरी शनिश्चरे नगर कमिटीका अध्यक्ष शैलेन्द्र बस्नेतको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकमा माध्यमिक शिक्षा परीक्षा २०८० को स्तरवृद्धि परीक्षामा सहभागी विद्यार्थीहरूका लागि सञ्चालन गरिएको अनलाइन सहजीकरणमा निः शुल्क सहजीकरण गर्ने ५ जना सहजकर्ताहरूलाई हौसला स्वरुप प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

साथै शैलेन्द्र बस्नेतको संयोजकत्वमा नगरस्तरीय विज्ञान विषयको समिति गठन गरी सोही समिति मार्फत् आगामी दिनका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय भएको जानकारी शिक्षा शाखा प्रमुखले गराउनुभयो ।

शिक्षा शाखाको आयोजनामा आगामी शुक्रबार क्रमशः अन्य विषयका शिक्षकहरूको समेत भेला गराई समिति गठन गरी शिक्षण सिकाइमा एकरुपता कायम गर्ने, विषयगत समस्याहरूको समाधान गर्ने योजना सहितको सूचना यस अगाडि नै शिक्षा, युवा तथा खेलकुद शाखा मार्फत् गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here