पतञ्जली अर्जुनधाराको कार्यक्रममा योगको चर्चासँगै तीज मिलन

0
8

अर्जुनधारा ।

नजिकिदै गरेको हरितालिका तीजलाई लक्षित गरि पतञ्जली योग नगर समिति र पतञ्जली योग नगर महिला समिति अर्जुनधाराको संयुक्त आयोजनामा मंगलबार तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।

पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धामको श्रवण हलमा समितिका अध्यक्ष दधिराम मिश्रको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि पतञ्जली योग जिल्ला समिति झापाका अध्यक्ष देवीप्रसाद घिमिरेले उद्घाटन गरेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिका अध्यक्ष नविन गट्टानी, धामका मूलअर्चक अग्निप्रसाद सिग्देल, पतञ्जली योग गाँउ समिति बुद्धशान्तिका अध्यक्ष मोहनकुमार तिम्सिनालगायतले योग र योगको महत्व बारे चर्चा गरेका थिए ।

त्यसैगरी कार्यक्रममा तीज सम्बन्धी गीतहरुमा सहभागीहरुले एकल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए । पतञ्जली योग नगर महिला समितिकी अध्यक्ष गान्धारी मिश्रले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन पतञ्जली योग नगर समितिकी महिला महामन्त्री इन्दिरा दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here