‘अनेमसं’ अर्जुनधाराको तीज मिलनमा ११ जनालाई ‘असल बुहारी सम्मान’

0
2

अर्जुनधारा ।

अखिल नेपाल महिला संघ अर्जुनधारा नगर कमिटीले बिहीबार एक कार्यक्रमकोबिच नगरका ११ जना महिलालाई “असल बुहारी सम्मान”बाट सम्मानित गरेको छ ।

समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान, समान सहभागीताका लागि सृदृढ संगठन भन्ने मुख्य नारासहित अर्जुनधारा–८स्थित मंगल मर्र्डी स्मृति प्रतिष्ठानको सभाहलमा आयोजित तीज मिलन कार्यक्रममा संघले उनीहरुलाई सम्मान पत्रसहित खदा ओढाई सम्मानित गरेको हो ।

यसरी सम्मानित हुनेहरुमा अर्जुनधारा–१ निवासी मणिमाया कोइराला, अर्जुनधारा–२ निवासी रेनुका सोराली मगर, अर्जुनधारा–३ निवासी गोमादेवी गौतम, अर्जुनधारा–४ निवासी विष्णुमाया पराजुली, अर्जुनधारा–५ निवासी माया सापकोटा नेपाल, अर्जुनधारा–६ निवासी दीपा पौडेल, अर्जुनधारा–७ निवासी कल्पना बस्नेत, अर्जुनधारा–८ निवासी मायावती चौधरी, अर्जुनधारा–९ निवासी वसन्तकुमारी सुनुवार, अर्जुनधारा–१० निवासी जसमाया सुब्बा र अर्जुनधारा–११ निवासी अलिना केसी दाहाल रहेका छन् ।

कमिटीकी अध्यक्ष चन्द्रकला राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि संघ झापाकी अध्यक्ष पवित्रा पाठकले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा अर्जुनधारा–११का वडाध्यक्ष खगेन्द्र इङनाम, पार्टी नगर कमिटीका अध्यक्ष वृख प्रधानलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी कार्यक्रममा अर्जुनधारा–११स्थित संयुक्त नौमती महिला बाजा समूहको नौमती प्रस्तुतीसँगै सहभागीहरुले तीज सम्बन्धी गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । कमिटीकी उपाध्यक्ष माया खातीले स्वागत मन्तव्य र जनसांस्कृतिक मञ्च नगर कमिटीले स्वागत गीत प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव शर्मिला सुब्बाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here