श्रष्टा, जेष्ठ नागरिक, बिद्यार्थीसहित ४० जनालाई सम्मान

0
4

काँकरभिट्टा ।
नेपाल दशनामी समाज मेचीनगरले दशनामी समाजका श्रष्टा, जेष्ठ नागरिक, बिद्यार्थीसहित ४० जनालाई सम्मान गरेको छ । समाजले शनिवार मेचीनगर–८ स्थित कृष्ण मन्दिरको सभाहलमा बार्षिक साधारणसभा, सदस्य सम्मान तथा तीज मिलन कार्यक्रमको आयोजना गरेर दशनामी केन्द्रिय नेतासहित ४० जनालाई सम्मान गरेको हो ।
समाजका मेचीनगर अध्यक्ष भूपेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा दशनामी समाजका केन्द्रिय सल्लाहकार हर्कलाल गिरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा ८० बर्षमाथिका ३५ जना जेष्ठ नागरिक, नेपाल दशनामी समाज मेची नगरका–२ प्रभावशाली व्यक्तित्व शसस्त्र प्रहरी बलका एसपी दिपेन्द्र गिरी, केन्द्रिय सह–कोषाध्यक्ष गोविन्द गिरी, २०८० सालको एसईईमा उत्कृष्ट नतिजा ल्याउने २ जना विद्यार्थी, बाल गायक आश्विन भारतीलाई सम्मान गरिएको समाजका अध्यक्ष भूपेन्द्रले जानकारी दिए ।
कार्यक्रममा केन्द्रिय संरक्षक भरतलाल गिरी, केन्द्रिय सह–कोषाध्यक्ष गोविन्द गिरीको बिशिष्ट आतिथ्य रहेको थियो भने केन्द्रिय सदस्य एलबी गिरी, पूर्व कोशी प्रदेश अध्यक्ष चन्द्रप्रसाद गिरी, प्रदेश उपाध्यक्ष शारदा गिरी, झापा पूर्व अध्यक्ष खिलबहादुर गिरी -राजु, नेपाल दशनामी समाज झापाका सल्लाहकार तीलक गिरी, झापा सह– सचिव हर्कलाल गिरीलगायतको आतिथ्य रहेको थियो ।
मेची नगर समितिका वरिष्ठ उपाध्यक्ष केदार गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विशाल गिरीले गरेका थिए ।
वाल गायक आश्विन भारती गीत गाएर मनोरन्जन प्रदान गरेको कार्यक्रममा नेपाली महिलाहरुको सवै भन्दा ठूलो पर्व हरितालिका तीजका अवसरमा दशनामी चेलीबेटीहरुले दर खाँदै नाचगानसमेत गरेका थिए ।
तीज मिलन कार्यक्रम नेपाल दशनामी समाजकी आजिवन सदस्य तथा श्री बालकल्याण माविकी शिक्षिका तारा पुरीको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा २ सय ५० वढी दशनामीहरुको सहभागीता रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here