समाजसेवीमा अधिकारी

0
1

बिर्तामोड, समाजसेवी वहुउद्देस्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडको अध्यक्षमा विष्णुकुमार अधिकारी चयन भएका छन् । बिर्तामोडमा सम्पन्न अधिवेशनबाट अधिकारी अध्यक्षमा चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा तारादेवी राय, सचिव राजेन्द्र कुमार खड्का चयन भएका हुन् । समितिको सदस्यमा सावित्री देवान, सुस्मिता आचार्य, विनिता नेपाल, कमला न्यौपाने रहेका छन् ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच नयाँ नेतृत्व चयन गरिएको बताइएको छ । निर्वाचित समितिलाई निर्वाचन समिति संयोजक सुधीरकुमार सुवेदी, तारा प्रसाद चापागाई र कृष्ण प्रसाद मिश्रले सपथ गराउँदै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here