पत्रकारिताप्रतिको आकर्षण

0
2

पञ्चायती शासनको अन्त्यसँगै मुलुकमा व्यावसायिक पत्रकारिताको विकास तीव्र गतिमा भयो । सूूचना र सञ्चार क्षेत्रमा आएको परिवर्तनसँगै पत्रकारितावाट पनि बाँच्न सकिन्छ भन्ने ध्येयले युवापुस्तामाझ गतिलो अवसरको ढोका खुल्यो । केन्द्रदेखि स्थानीयस्तरमा बाक्लैगरी खुुलेका सञ्चारमाध्यम इच्छुकलाई काम गर्ने वातावरण बने । राजधानीदेखि जिल्ला-जिल्लामा बाक्लैगरी एफएम रेडियो खुल्न थालेपछि धेरैको मन रेडियो पत्रकारितातिर देखियो । सँगै छापा र टेलिभिजनमा काम गर्नेको संख्या पनि उत्तिकै बढ्यो ।

चरम सशस्त्र द्वन्द्वकालमा होस् या हरेक राजनीतिक संक्रमणमा, दलगत स्वार्थभन्दा माथि उठेर पत्रकारिता गर्नेको होडबाजी नै देखियो । पत्रकारले निडरतापूर्वक निर्वाह गरेको भूमिकाले नै पछिल्ला राजनीतिक परिवर्तन सम्भव भएका हुन् भन्ने मेरो ठम्याइ हो । अपेक्षित आम्दानी नभएपनि दैनिक गर्जो टार्न पत्रकारिताले सघाएकै थियो । अर्कातिर सामाजिक प्रतिष्ठा र नामले पनि पत्रकारहरू कुनैबेला सन्तुुष्ट हुने अवस्था देखिन्थ्यो । यद्यपि, व्यावसायिक र दिगो गरी पत्रकारितामा टिक्न धेरै चुनौती थिए ।

प्लस-टुको अध्ययनपछि अवसरको खोजी गर्दै पत्रकारितामा होमिएको एउटा पात्र आफूू पनि भएकाले त्यो अनुुभव साट्ने प्रयास गरेको छुु । जिल्लामा चलेका एफएम रेडियोसँगै अनलाइन पत्रकारिताको विकास पनि तीव्र भएका बेला मिडिया पाउन खासै मुस्किल भएन । पछि टेलिभिजन पत्रकारितामा पनि जोडिँदैगएँ । सदरमुुकाममै घर भएकाले डेरा लिएर बस्नुपर्ने बाध्यताको छुुट मैले पाएको थिएँ ।

मेरो पत्रकारितामा आउनुको उद्देश्य मुख्यगरी नाम नै थियो । आफूले लेखेको समाचार प्रसारण हुुँदा दंग परेको, त्यो आनन्द अझै पनि ताजै छ । काम गरेवापत् दाम पनि आउने भएकाले दिगो रूपमा व्यावसायिक बन्न सकिन्छ भन्ने लागेरै निरन्तरता दिइरहेको छु । २०७२ सालको भूूकम्पपछि नै मेरो पत्रकारिता सुुरुआत भएको हो । त्यो बेलासम्म पत्रकार बन्ने होडमा मजस्ता तन्नेरीको लर्को लामै देखिन्थ्यो । एफएम, टेलिभिजन, पत्रिकाको संख्या पनि थपिँदो थियो । अझ अनलाइनले अरू माध्यमलाई राम्रै चुुनौती दिन थालेको थियो ।

त्यहीबेलादेखि सामाजिक सञ्जालले पनि हरेकलाई प्रभाव पार्नेक्रम बढ्दैगयो । हात-हातमा मोबाइल पुुगेसँगै सूूचनाको पहँुुच अझ विस्तार भयो । हरेक व्यक्ति पाठक, दर्शक र स्रोतामात्र होइन, रिपोर्टरसम्म हुुने अवस्था रह्यो ।

पछिल्लो समय भने आमसञ्चारका पुराना माध्यमको प्रभाव घट्दैछ । जसका कारण, मैले पत्रकारिता थालेको दिनताका देखिएको आर्कषण पनि घटेको छ । सामाजिक सञ्जालले आमरूपमा सूूचनाको पहँुच पुर्‍याएपनि कतिपय अवस्थामा नियन्त्रणबाहिर छ । रेडियो सुुन्ने, टेलिभिजन हेर्ने, पत्रिका पढ्नेको संख्या घटेर युुट््युब, टिकटक, फेसबुक, इन्स्टाग्रामलगायतमा केन्द्रित बन्दैगएको छ ।

आमसञ्चारमाध्यमको भूमिका घट्दैजानुु र सामाजिक सञ्जालको प्रयोग बढ्नुले मिडिया हाउस धराशायी बन्दैछन् । पत्रकार बिनाकारण कामबाट निकालिने, गरेको कामको नियमित पारिश्रमिक नपाइने र श्रम ऐनले तोकेबमोजिम न्यूनतम पारिश्रमिक पनि पाउन नसक्ने अवस्थाले दशक अघिसम्म देखिएको ‘मिडिया क्रेज’ घटेको छ । एकातिर मिडियामा दक्ष जनशक्ति अभाव छ भने भएकालाई पनि पारिश्रमिक दिन कठिन भएको भन्दै कतिपय मिडिया हाउस बन्द भएका छन्, कतिपय पत्रिकाले साइज घटाएका छन् ।

विधिवत रूपमा आमसञ्चारमा काम गर्ने आकर्षण घट्नु र बेलगाम सामाजिक सञ्जालको प्रयोग बढ्नुुले व्यावसायिक पत्रकारिताप्रति औंलामात्र ठडिएको छैन, समाजमा कतिपय अवस्थामा अन्योल सिर्जना हुँदैछ । आमसञ्चारलाई समयानुुकूल परिमार्जन गर्दै सामाजिक सञ्जाल प्रयोगलाई पनि व्यवस्थित गर्नुपर्ने दायित्व अहिलेको प्रमुख आवश्यकता हो ।

मेरो अनुुभव बताइरहँदा अब पत्रकारितामा कुुनै सम्भावना नभएको भन्ने बुुझाइ चाहिँ होइन । क्षमता र दक्षता निखार्दै समयानुकूल सामग्री सिर्जना गर्नसक्दा बजार अभाव नरहेको निष्कर्ष निकाल्न सकिन्छ ।

(लेखक इमेज टेलिभिजनका इलाम प्रतिनिधि हुनुहुन्छ ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here