भाग्यवाद र ब्राम्हणवाद

0
4


डोरबहादुर बिष्ट ९जन्म सन् १९२४० एक नेपाली मानवशास्त्री, सामाजिक वैज्ञानिक र अभियन्ता थिए । बिष्टलाई नेपाली नृविज्ञान अर्थात् मानवशास्त्रका पिता मानिन्छ । पाश्चात्य र पौर्वात्य समाज शास्त्रीय धारणालाई जोडेर नवीन र वैज्ञानिक ढंगबाट नेपाली समाजको ब्याख्या र विश्लेषण गर्ने बिष्ट युनिभर्सिटी अफ लण्डनका उत्पादन थिए र उनी त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका स्थापित र आधिकारिक प्राध्यापक थिए । उनले भाग्यवाद र विकास, सबै जातको फूलबारी, नेपालको विगत, वर्तमान र भविष्य, नेपालका जनता आदि जस्ता लोकप्रिय पुस्तकहरू प्रकाशित गरेका छन् ।
बिष्ट सन् १९९५ मा रहस्यमय रूपमा बेपत्ता भएका थिए । उनले नेपाली समाजका विकासका मुख्य दुई बाधक औंल्याएका छन्– भाग्यवाद ९नियतिवाद० र ब्राम्हणवाद । सामाजिक हैसियत, जात, वर्ग, धर्म, संस्कृति, मनोवृत्ति र शैक्षिक पृष्ठभूमिले मानवीय विकासमा महŒवपूर्ण भूमिका खेल्दछ । नेपाली समाजको विकासलाई बाधा पु¥याउने नेपाली समाजका परम्परागत प्रमुख मूल्य प्रणालीद्वारा निर्देशित प्रगतिलाई निरुत्साहित गर्ने नियतिवाद हो । मानिसहरूको जीवनमा प्रगतिशील परिवर्तन ल्याउन नदिने कमजोर मानसिकता नै हो र त्यो नेपाली समाजमा भाग्यवादको रूपमा समाजका विविध अवयवसँग जेलिएर बसेको छ, जसलाई बुझ्न र उधिन्न हम्मे–हम्मे पर्छ ।
नियतिवाद वा भाग्यवादको चर्चा गर्दा धर्मको विरोधजस्तो देखिन सक्छ, तर यो महारोग नेपाली मूल्य प्रणालीका सकारात्मक तŒवहरूलाई छोपेर हिउँले कक्राए झैं समाजलाई जकडेर राखेको कुरा यथार्थ हो । भाग्यवाद र ब्राम्हणवादको अठ्याइँबाट नेपाली समाजलाई मुक्त नगरेसम्म हामीले चाहेको र कल्पना गरेको समुन्नति सम्भव छैन । आफ्नो जीवनको स्तर उकास्न, कुनै पहल वा आफ्नै प्रयास बिना र धेरै श्रम बिना लाभ प्राप्त गर्न खोज्नु वा आशा गर्नु भाग्यवाद वा नियतिवाद हो । यो प्रवृत्ति बढेको छ नेपाली समाजमा । उत्पादनशील क्षेत्रमा निरुत्साह हुनु भनेको विकास नहुनु हो । विश्वमै चर्चित रहेका नेपाली मानवशास्त्री÷समाजशास्त्री प्राध्यापक डोरबहादुर बिष्टले यो सोचलाई घातक मनोवृत्ति भनेका छन् ।
भाग्यवादी सोचले सैद्धान्तिक आधार बिनाको विकासलाई प्रश्रय दिन्छ, फलस्वरूप मानिसहरूको परनिर्भर प्रवृत्तिलाई अझ बढाएको छ, मुलुकलाई वैदेशिक सहायतामा निर्भर हुन प्रेरित गर्छ । वास्तविक विकासलाई स्वीकार गर्नुका सट्टा विकास कसैले गरिदिएर हुने र दूरगामी रूपान्तरण गर्न विचार वा कुनै पहल गर्न आवश्यक छैन भन्ने मान्यता राख्छ । नियतिवादले चाकरीवाद र जीहजुरीलाई प्रश्रय दिन्छ । सम्भ्रान्तहरूको इच्छा पूरा गर्न गरिब, निमुखा र दलितहरूले काम गर्नुपर्छ भन्ने भावलाई सञ्चार गर्छ । नियतिवादले शिक्षाको मूल्यलाई कमजोर बनाउँछ र शिक्षालाई प्राप्त गर्नु उच्च जातिको विशेषाधिकार सीप प्राप्त गर्ने माध्यम हो भन्ने मान्यता स्थापित गर्छ ।
नेपालको भू–राजनीतिक अवस्था, सामाजिक यथार्थ, सांस्कृतिक अभ्यास, धार्मिक परम्परा, प्रारम्भिक बासिन्दाहरू र प्राचीन इतिहासको अध्ययनबाट विकासको एक मात्र प्रमुख पक्ष शासकहरू हुन् भन्ने सङ्कथन स्थापित छ । जात, वर्ग, धर्म, जातिको विभेदित भूमिकाको गहन विश्लेषण गर्ने हो भने नेपाली समाजको श्रेणीबद्ध संरचना, नाता र लैङ्गिक सम्बन्धमा नियतिवाद र सँगसँगै ब्राह्मणवादको स्पष्ट प्रभाव देखिन्छ । नेपाली समाज अन्तमा गएर भाग्यवादलाई जोड दिन्छ, काम भए पनि काम नभए पनि ।
पुरुष र महिलाबीचको विभेदित प्रवृत्ति एउटै सामाजिक र पारिवारिक पृष्ठभूमिमा पनि देखिन्छ । दलित शब्दको शाब्दिक अर्थ दलनमा परेको वा दलिएको भन्ने हो । शोषण उत्रुपीडनमा परेको वा पिसिएको भन्ने हो यसको अर्थ । दलित अर्थात् ती मानिसहरू जो आर्थिक अनि सामाजिकरूपले पिछडिएका वा पछाडि पारिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक र धार्मिकरूपले शोषण एवम् अवहेलना गरिएको छ भन्ने अर्थ लाग्छ । दलित शब्द छुन नहुने वा छोएको खान नहुने अस्पृश्य सम्झिइने तमाम जातिका लागि सामुहिक रूपमा प्रयुक्रुत हुने अर्थ बोक्तछ ।
हजारौं वर्षदेखिको दलित प्रथा वा जातीय छुवाछुतको प्रथा हिन्दू वर्ण समाज व्यवस्थाको सबभन्दा निन्दनीय र मानवताविरोधी प्रथा हो । भारतीय स्वतन्त्रता सेनानी डा। भीमराव अम्बेडकरले चलाएको आन्दोलनपछि दलित शब्द अस्पृश्य वा अछुत मानिने जातिहरूको आन्दोलनधर्मिताको परिचायक बनेको छ । छुवाछुत प्रथा वर्गीय र राजनीतिक आन्दोलनसँग पनि जोडिएको छ । सचेत तप्का यो प्रथाका बिरुद्धमा आन्दोलित छ, तर अभियानको नेतृत्वमा रहने तथा क्रियाशील हुनेहरू कति सचेततापूर्वक, सकारात्मक परिणाम प्राप्त गर्ने अडान एवम् आकांक्षाका साथ र निष्ठापूर्वक दलित आन्दोलनमा लागेका छन् रु आफूभित्रका मानसिक दासताका फोहोमैलाबाट आफूलाई कति मुक्त गर्न उनीहरूले सकेका छन् भन्ने प्रश्न महŒवपूर्ण छ ।
मानसिक रूपले गुलाम भएको व्यक्ति वा वर्ग सामन्तवाद वा ब्राह्मणवादबाट आफूलाई मुक्ति नदिलाएसम्म आफूमाथिको शोषणको जुवाबाट मुक्त हुन सक्दैन । मानसिक दासतामा जकडिएका दलित वा जोसुकै पनि शोषण सहँदैसहँदै मर्छन्, तर मानसिक गुलामीबाट माथि उठ्न सक्दैनन् । सदियौंदेखि छुवाछुत, जातीय उचनिच, सामाजिक विभेद, अन्याय र शोषणको कहरमा बाँचिरहेका दलित, उत्पीडित तथा मुलुकको विकासको मूलधारबाट वञ्चितिमा पारिएका र परेकाहरूको सबैभन्दा ठूलो बिरामी भनेकै मानसिक गुलामी हो, जो सयांै वर्षदेखि उनीहरूको मनमष्तिष्क र संस्कारमा गढेर बसेको छ र यो दासत्वभाव पछिल्ला पुस्ताहरूमा हस्तान्तरित हुँदै आएको छ ।
सयौं हजारौं वर्षदेखिका चिन्तन, बोली, व्यवहार र संस्कृतिले गाँजेको समाजबाटै जन्मेका मुक्ति आन्दोलनका अभियन्ताहरू नोबेल पुरस्कार विजेता भारतीय कवि रविन्द्रनाथ टैगोरले भने झै कुसंस्कारको शुष्क बलौटे मरुभूमिमा स्वच्छ नदी र छाँगाहरू हराए झैं विवेक गुमाएर हराउन सक्छन् । महाभारत, मनुस्मृति, गीता, रामायण, वेद, रामचरित मानस लगायतका हिन्दू धार्मिक ग्रन्थमा मानवीय सभ्यतालाई विश्वसामु पुष्पित र पल्लवित गर्दै मानवीय हितका खातिर सकारात्मक मार्गदर्शनका सयौं–हजारौं प्रेरणादायी शिक्षाहरू छन् र एक्काइसौं शताब्दीमा हुर्कंदै गरेका मानवीय शिष्टता र अनुशासनमा आएका ह्रास र विकृति तथा विसंगतिलाई रोक्न र स्निग्ध, अनुशरणीय, आदर्शमय सभ्यता विकासका लागि सार्वभौम प्रस्तावहरू छन् । तर, केही यस्ता प्रबन्धहरु छन्, जो चेतना, विज्ञान र मानवीय स्वतन्त्रताको अत्युच्च विकास भएको आजको युगमा मानवीय संवेदनालाई बिझाउने, मानवले मानव भएर बाँच्न पाउने नैसर्गिक अधिकारका उपर वैरोध्य प्रहार गर्ने अमानुषिक प्रभाव छोड्छन् ।
महाभारत, वेद, गीता लगायतका धर्मग्रन्थका कतिपय प्रावधान शूद्रको स्वतन्त्रता र समानताका खिलाफमा छन् । मनुस्मृति भन्छ– शुद्रले कमाएको धन ब्राह्मणले बलात् खोस्नु पर्छ । शास्त्रहरुले शूद्रको जन्म केबल गुलामीको लागि भएको बताउँछन् । रामचरित मानस भन्छ– शूद्रलाई पिट्नु धर्म हो । मनुस्मृति भन्छ– ढोल, गधा, नारी र शुद्र पिटाइ खाने अधिकारप्राप्त हुन् । तर, बिडम्बना, अझै पनि सहनशील कथित ‘शुद्र’ तिनै धर्म ग्रन्थलाई श्रद्धापूर्वक टाउकोमा बोकेर हिँडेका छन् र बुलन्द आवाज गरिरहे छन् ‘दलितले पनि मन्दिर छिर्न पाउनुप¥यो’ । अझ आश्चर्य के छ भने दलितहरू यस प्रकारका विषयलाई उठाएर आन्दोलन गरिरहेछन्, मानौं यसबाटै उनीहरूको मुक्ति सम्भव छ । प्रसिद्ध नेपाली साहित्यकार पारिजातले भने झैं मुक्ति वा स्वतन्त्रता एउटी विवश बेहुलीको चाहना बाँधिए जस्तो साङ्लामा बाँधिइन सक्ने वस्तु होइन । राजनीतिक क्रान्ति तब सफल र पूर्ण हुन्छ जब सामाजिक क्रान्ति सफल हुन्छ ।
समाजमा धार्मिक अन्धता र रुढिग्रस्तताको सत्ता रहुञ्जेलसम्म समाजले सकारात्मक दिशा लिन सक्दैन । तर आजको मूल प्रश्न भनेको समाजका बौद्घिक वर्ग मानसिक दासताको जञ्जीरबाट मुक्त हुन सकिरहेका छन् वा छैनन् भन्ने हो । समाजको तल्लो तप्काको आन्दोलनको आदिकालदेखि हालसम्मको इतिहासलाई केलाउँदा धर्माधिकारीहरूले पटकपटक धर्मका नाममा मानवीय मूल्यलाई कुल्चिएका र बाहिर–बाहिर धर्मको श्रेष्ठताको महिमामण्डन गरेका छन् । तर, आज परिस्थिति बद्लिएको छ– मानवीय मूल्यमा आधारित समाज मात्र लोकतान्त्रिक हुने आधारमा आदर्श समाजको रचनामा सबैले लाग्नुपर्ने भएको छ । मानसिक गुलामी त्यागेर मात्र अघि बढ्न सकिने सच्चाइलाई नबुझेसम्म न दलित–उत्पीडितहरूको मुक्ति सम्भव छ, न उनीहरूलाई छोडेर मुलुकको विकास सम्भव छ ।
नेपाली जनतामा नियतिवादमा विश्वास गर्ने संस्कृतिलाई नेपालमा उत्पादकत्वको अवमूल्यन हुनुको प्रमुख कारकको रूपमा रहेको छ । नेपाली समाजको वर्तमान प्रवृत्ति भाग्यवादमा पूर्ण विश्वास गर्ने हो, जसका कारण व्यक्तिको मनोवृत्ति अदृश्य शक्तिमा निर्भर र प्रभावित हुन्छ भनेर मान्ने हो । नियतिवाद वा भाग्यवादबाट मुक्ति नपाई मानसिक दासताबाट मुक्ति सम्भव छैन । मानसिक दासताबाट मुक्त नभई समाजका पददलित, महिला, अल्पसंख्यक, उत्पीडित, विपन्न, शोषितको मुक्ति सम्भव छैन । मानसिक गुलामीबाट मुक्त नभएसम्म जीवनका आदर्शमा कसरी परिवर्तन आउला र १ साँचोरूपमा मुक्ति तबमात्र सम्भव हुन्छ, जब आफूमाथिका सबै जञ्जीर चुँडाएर मानिस अघि बढ्न सक्छ ।
उदारवादी र सुधारवादी छबि बनाएको नेपाली काङ्ग्रेस होस् वा ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवादलाई विश्वासको आधार मान्ने कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ता न मानसिक गुलामीबाट मुक्त हुन कोशिस गरिरहेका छन्, न नियतिवादको जञ्जीरबाट आफूलाई छुटाउन प्रयत्न गरिरहेका छन्, अझ उनीहरू आँफै तिनैका बाहक बनेर बहकिरहेका छन् । सुन्दर संसारको सृजना गर्ने श्रमिकहरु आफै हीनताबोधबाट ग्रसित हुन्छन् भने एक्काइसौं शताब्दीका परिवर्तनलाई आत्मसात गर्दै प्रतिष्पर्धी संसारमा कसरी अघि बढ्न सक्छन् रु
राष्ट्रिय मुक्ति आन्दोलन तब मात्र सफलतामा पुग्न सम्भव छ, जब यसका अभियन्ताहरू हरेक प्रकारका दासताका सिक्रीलाई चुँडालेर स्वतन्त्र, न्यायपूर्ण, लोकतान्त्रिक समाज स्थापनाका लागि क्रियाशील हुन्छन् । परम्परागत रूपमा चलिआएका सबै कुरा राम्रा र हितकारी हुँदैनन्, तर परम्पराका रूपमा चल्दै आएका असल, मानवोपयोगी सोच र तद्अनुरूपका चालचलनलाई अनुशरण गर्नुपर्दछ । धर्मका नाममा हुने जुन कुनै अत्याचारी र अमानवीय प्रथा र प्रबन्धको विरोध हुनु र पूर्ण स्वतन्त्रतासहित मानवजातिले मुलुकका कानूनले प्रत्याभूत गरेका तमाम हकअधिकारको उपयोग गर्दै मुलुक र समाजप्रतिका आफ्ना कर्तव्य पुरा गरी बाँच्न पाउनुपर्छ । tirthakharel2028@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here