पाँचौं खुला मिस्टर काठमाडौंका विजेता प्रकाश राईको निधन

0
62

पथरिशनिश्चरे,

पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको अचानक निधन भएको छ।

उनी शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा विजेता घोषित भएका थिए।

प्राप्त जानकारी अनुसार, मोरङ पथरी शनिश्चरे नगरपालिका-१ निवासी ३२ वर्षीय राई ‘फोनिक्स फिटशाला’बाट सहभागी हुन काठमाडौं आएका थिए। प्रतियोगिता पछि उनी टोखा नगरपालिका-६ स्थित ग्रिनल्यान्ड होटलमा बस्दै आएका थिए। बुधबार बिहान ६ बजेतिर उनी एक्कासि ढलेपछि उनलाई तत्कालै नजिकैको ग्रान्डी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा पौने ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

उनको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त महाराजगन्जले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ। प्रकाश राईको अचानक निधनले शारीरिक सुगठन क्षेत्रमा ठूलो क्षति भएको छ। खेलकुद जगतका धेरै व्यक्तिहरूले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here