विमल दहाल, इलाम ।
राष्ट्रिय शिक्षा दिवस २०८१ का अवसरमा माई नगरपालिका माध्यमिक तह स्तरीय नृत्य प्रतियोगिता, उत्कृष्ट नतिजा ल्याउने १७ जना विद्यार्थी समेत सम्मनित बुधवार भएका छन्
माई नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा ज्ञान, विज्ञान, सिप, उध्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा नृत्य प्रतियोगितातर्फ नेपाल एकेडेमी माइ ४ प्रथम, स्वर्णिम मोडल एकेडेमी माइ ४ द्वितीय, लक्ष्मी आदर्श मावि माई ८ तृतीय र कन्काई मावि माई २ सान्तना भएका छन् । उनीहरूले क्रमश नगद १० हजार, ८ हजार, ६ हजार र ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन्। नृत्य प्रतियोगितामा माई नगरपालिका भित्रका १४ वटा मध्ये १२ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए।
त्यस्तै शैक्षिक सत्र २०७९ र २०८० को एसईई र कक्षा ८ मा उत्कृष्ट नतिजा हासिल गर्ने १७ जना विद्यार्थीहरूलाई नगद २ हजार, प्रमाणपत्र सहित सम्मान गरिएको छ। शैक्षिक सत्र २०८० मा एसईई उत्कृष्ट हुने हिमालय मावि माई १० का छात्रा मनिका खाती (जिपिए ३.४६), कन्काई मावि माई-२ का धर्मेन्द्र सिंह (जिपिए ३.१३), नेपाल एकेडेमीमाई-४ की दीपमाला शंकर (जिपिए ३.५१) र न्यू लाइट ईङलिस स्कुल माई-२ का सफल ढुङ्गाना (जिपिए ३.४५) रहेका छन। त्यस्तै कक्षा ८ को उत्कृष्ट कन्काई माविका अभिषेक अधिकारी र बिपना ढुङ्गाना, स्वर्णिम मोडल एकेडेमीका तुलाराम दाहाल र नेपाल एकेडेमीका सिर्जना चापागाई र सन्ध्या नेपाल रहेका छन।
त्यस्तै शैक्षिक सत्र २०७९ मा एसईई उत्कृष्ट कन्काई मावि छात्र विवेक लुईटेल (जिपिए ३.८०), तारा देवि निरौला (जिपिए ३.०५), न्यू लाइट ईङलिस स्कुलका क्षितिज बास्तोला सफल (जिपिए ३.१०) र नेपाल एकेडेमी आयुश्मा आचार्य (जिपिए ३.५५) रहेका छन। त्यस्तै कक्षा ८ को उत्कृष्ट कन्काई माविका मनोज सेन्चुरी, बीरेन्द्र मावि माई-७ का समिक्षा कार्की, इलाम न्यूलाईट ईङ्लिस स्कुलका सलिम तामाङ र नेपाल एकेडेमीका सुनम फागो रहेका छन।
सम्मान कार्यक्रममा २०६९ र २०८० मा अवकाश प्राप्त ११ जना शिक्षकहरूलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा लक्ष्मी आदर्श मावि माई ८ बाट अवकाश शिक्षक गंगाराम भट्टराई र चन्द्रबहादुर तामाङ, कन्काई माविवाट मित्रप्रसाद गौतम, बालकल्याण आदि माई २ का शिक्षक देवेन्द्र ढकाल, कैलाश आवि माई १० बाट दलबहादुर मगर, गरुवा आबि माइ ४ बाट रामबहादुर मगर, सिंह आदर्श आवि माई १० बाट वीरदेव सिंह, त्रिभुवन आबि माई ४ बाट विष्णुप्रसाद आचार्य, जनकल्याण आबि माई ५ बाट यादवकुमार भट्टराई र सूर्यबहादुर समाल सहित गंगादेवी आबि माई ५ बाट रोम बहादुर लिम्बु रहनुभएको छ ।
साईनिङ्ग स्टार अङ्ग्रेजी स्कुल माई ८ बाट स्वागत नृत्य, प्रमुख अतिथि माई नगर प्रमुख खम्बा सिं लिम्बुले उद्घाटन गरिएको कार्यक्रम सामाजिक विकास शाखा प्रमुख दलबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। माई नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सीता लावतीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मेयर लिम्बु, सम्मानित अवकास प्राप्त शिक्षक मित्र प्रसाद गौतम, कन्काई माविका प्रधानाध्यापक हरि प्रसाद पौड्याल र नेपाल एकेडेमीका प्रिन्सिपल तोयानाथ घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको थियो। नृत्य प्रतियोगिताको निर्णायक कन्चना राना र सजना चबेगु रहनुभएको शिक्षा शाखा प्राविधिक सहायक केशव खनालले जानकारी दिनुभयो ।