तीनपैनी(मोरङ),
संविधान दिवसको अवसरमा मोरङमा दीपावली गरिएको छ। मोरङको सुन्दरहरैचा नगरपालिका ५ र ६ को बीचमा पर्ने तीनपैनी बजारको चोकमा संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरिएको नेकपा एमाले सुन्दरहरैचा ५ का अध्यक्ष बिशाल गुरागाईले जानकारी दिए।
दीप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व प्रदेश मन्त्री राजकुमार ओझाले नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाबाट जारी भएको संबिधान २०७२ उत्कृट रहेको बताउदै सबै मिलेर यो संबिधानको रक्षा गर्नुपर्ने बताए।
संविधानमा लेखिएका कुराहरु अक्षरश कार्यान्वयन गर्दै जानुपर्छ । यति ठूलो मेहनत र त्यागबाट ल्याएको संविधानलाई कार्यान्वयन गरेर जानु सबैको दायित्व रहेको पूर्वमन्त्री ओझाको भनाइ थियो। नवौं संविधान दिवसको अवसरमा सुन्दरहरैचा ५ र ६ को सङ्गमस्थलमा एक कार्यक्रमका बिच दीप प्रज्वलन गरि खुसीयाली साटासाट गरिएको अध्यक्ष गुरागाईले बताए।
लामो समय र त्याग पश्चात जारी भएको संविधानलाई खुसीयालीका साथ मनाईएको नेकपा एमाले ६ नम्बर कमिटिका अध्यक्ष आशिम जंग किराँतीले बताए। जमिनमा मैनबत्ती बालिएको थियो भने राष्ट्रिय संविधान दिवस लेखिएको थियो।
यस संविधानले परिकल्पना गरेको सङ्घीय गणतान्त्रिक राज्य व्यवस्था स्थापित भएर प्रदेश र स्थानीय सरकारहरु निर्माण भएका छन् । त्यसैले अहिले नै जनताको जीवनस्तरमा भने उल्लेख्य रुपमा परिवर्तन आउन सकेको छैन ।