शिक्षा सेवी गुरागाईलाई पितृशोक

0
18

झापा, शिक्षा सेवी लोचनकुमार गुरागाईलाई पितृ शोक परेको छ । गौरीशंकर माध्यमिक विद्यालय डागीवारीका शिक्षक समेत रहेका बाह्रदशी गाउँपालिका – ३ राजगढ निवासी गुरागाईका पिता ओमनाथको ८७ वर्षको उमेरमा आज विहीवार निधन भएको हो । उनको राजगढस्थित निवासमै निधन भएको बताइएको छ । धार्मिक तथा सामाजिक ब्यक्तित्वका रुपमा परिचित ओमनाथ राधाकृष्ण तथा शिवालय मन्दिर राजगढका संस्थापक हुन् ।
वि. स. १९९४ साल वैशाख २ गते जन्मिएका ओमनाथकी श्रीमती टोमादेवीको यस अघि नै निधन भएको थियो ।
स्व. ओमनाथका छोरा बुहारीहरु लोचनकुमार – धान्यादेवी(विमला) गुरागाई रहेका छन् ।एक छोरी सीता गुरागाई रहेकी छिन् । स्व. गुरागाईको शुक्रवार कनकाई माईमा अन्त्यष्टी गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here