उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित

0
120

बुट्टाबारी ।

अर्जुनधारा नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले उत्कृष्ट विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ ।

नगरका २८ वटा सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय मावि (कक्षा १२) तर्फ भानु माविलाई प्रशंसापत्रसहित नगद एक लाख ३० हजार, जनता मावि (कक्षा १०) तर्फ एक लाख २० हजार र प्रशंसापत्र र (कक्षा ८) आधारभूत तर्फ कञ्चनबारी आधारभूत विद्यालयलाई नगद एक लाख र प्रशंसापत्र (करकटी) गरी हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीतर्फ अर्जुनधारा नगरपालिकाबाट लक्ष्मी मावि ६ कक्षा १२ की छात्रा दिब्य काफ्लेलाई नगद ४५ हजार र प्रशंसापत्र (आव २०७९), त्यस्तै कक्षा १० एसइई तर्फ सिहदेवी माविकी सुस्मिता खतिवडालाई ३५ हजार र प्रशंसापत्र त्यसै गरी कक्षा ८ नगरस्तरीय परीक्षा उत्कृष्ट विद्यार्थी लक्ष्मी माविकी शितल अधिकारीलाई प्रशंसापत्रसहित नगद २५ हजार हस्तान्तरण गरिएको थियो ।

विद्यार्थीले आफ्नो अध्ययनका लागि खर्च गर्न सहज होस् भन्ने उद्देश्यले शिक्षा शाखाले उक्त रकम प्रदान गरेको शिक्षा प्रमुख तोयानाथ रेग्मीले बताए ।

सोही अवसरमा नगरभरिका फरक क्षमता एवम् दृष्टिविहीन शिक्षकहरुका लागि शिक्षण सिकाइ प्रयोग गर्न अरुणोदय आबिका शिक्षक ख्याम रेग्मी र भीमले आबिका कृष्ण रिजाललाई एक–एक थान ल्यापटप हस्तान्तरण गरिएको र उक्त कम्प्युटर शिक्षक अवकाश भएपछि विद्यालयको सम्पत्ति रहने शिक्षा अधिकृत सुनिता भट्टराईले बताइन् ।

कार्यक्रममा विद्यार्थीको हौसला र उनीहरुको पढाइमा आर्थिक अभाव नहोस् र उज्ज्वल भविष्यका लागि प्रोत्साहन गर्न अर्जुनधारा नगरपालिकाको आव २०७९÷०८० को बजेट अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखाले विगत झंै यसपटक पनि उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई प्रशंसापत्रसहित नगद हस्तान्तरण गरेको हो ।
अन्य विद्यार्थी एवम् विद्यालयलाई पनि प्रोत्साहित गर्न यस्ता कार्यक्रम ल्याइएको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष चन्द्र खत्री, सचिव टंक न्यौपाने, सामाजिक विकास संयोजक कौशिकलाल परियार, भानु माविका प्रधानाध्यापक रुपक दाहाल, सिंहदेवी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु ढकाल, शिक्षासेवी कमलप्रसाद गुरागाँई लगायतले शुभकामना दिएका थिए ।

कालिका संस्कृत वेद पिद्यापिठ कालिस्थानमा सञ्चालित कार्यक्रमको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्वागत तथा औचित्य माथि प्रकाश शिक्षा अधिकृत भट्टराईले पारेकी थिइन् भने सहजीकरण प्राविधिक सहायक समिरा दहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here