कमल ।
झापाको कमल गाउँ पालिका–५ स्थित मंगलबारेमा भलिबल खेलाडी (अमुख ब्यक्ति)को शालिक शिलान्यास भएको छ ।
स्थानिय सगुन युवा क्लवको पहलमा निर्माण हुनलागेको शालिकको आज एक कार्यक्रमका बिच कमल गाउँपालिकाका अध्यक्ष तथा सगुन युवा क्लवका संस्थापक अध्यक्ष हुकुम सिंह राई शिलान्यास गर्नु भएको हो ।
शालिक निर्माणकालागी स्थानिय र देश बिदेशमा रहनु हुने ब्याक्तिको आर्थिक सहयोगमा शालिक निर्माणहुने क्लबले जनाएको छ ।
देशमै भलिबल खेल धारासायी बन्दै गएको अवस्थामा स्थानिय भलिबल खेलाडीले गरेको योगदानको सम्झनामा शालिक निर्माण गरिएको भलिबल खेलका पुर्व राष्ट्रिय खेलाडी तथा क्लबका सचिव रोशन दाहालले जानकारी दिनुभयो ।
सगुन युवा क्लबले भलिबल खेल बिगत २८ वर्ष देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा समेत ख्याति कमाएको क्लवले जनाएको छ ।