पथरिशनिश्चरे, पथरी ११ फुटवल क्लवले प्रथम पथरी शनिश्चरे गोल्डकपको आय -व्यय सार्वजनिक गरेको छ।
सोमबार एक पत्रकार सम्मेलनमार्फत गत असोज ५ गतेदेखि १२ गतेसम्म सञ्चालन गरिएको प्रथम पथरी शनिश्चरे गोल्डकपको आम्दानी तथा खर्च सार्वजनिक गरिएको हो।
खेल आयोजक समितिका अध्यक्ष सुमन विकले प्रतियोगिता आयोजनाका लागि आम्दानी ४७ लाख ६४ हजार ३ सय६६ रूपैयाँ र कुल खर्च ३६ लाख ८० हजार ५ सय ५९ रूपैयाँ भएको जानकारी दिनु भयो। उहाँले १० लाख ८३ हजार ७ सय ७७ रुपैयाँ बचत रकम रहेको जनाउनुभयो।
प्रतियोगिताका खेल संयोजक जितन राईले खेल सफलता पूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण खेलप्रेमी नगरवासी, देश विदेशबाट आर्थिक सहयोग सहित स्पोन्सर गर्ने ईन्ट्रा -फाउण्डेशन अफ अमेरिका लगायत सबैमा धन्यवाद दिए। आगामी वर्षहरुमा पनि अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपका आगामी संस्करणहरूले निरन्तरता पाउने जानकारी दिईयो ।