पूर्वका पहिचानवादी ६ वटा राजनैतिक शक्तिहरु एकीकृत हुने

0
1

लक्ष्मीपुर ।

पहिचानवादी राजनैतिक शक्तिहरु एकीकृत हुने भएका छन् । पूर्वमा पहिचानको आन्दोलन गरिरहेका छ वटा राजनीतिक दल एकतावद्ध हुने भएका हुन् ।

नेपाली जनताको न्याय, समानता र समृद्धि स्थापित गर्न देशमा भएको राजनैतिक बेथिति, विसंगति र प्रतिगामी हर्कतको बिरुद्ध एक भएर लड्दै पहिचान, हक–अधिकार र राष्ट्रिय मुक्ति सम्पन्न गर्ने अठोटका साथ छ वटा दलहरु एकीकृत हुने भएका युवा नेता एलबी पालुङ्वाले जानकारी दिएका छन् ।

झापाको दमकस्थित कृष्ण मन्दिर चोकमा बिहीवार भएको पहिचानवादी शक्तिहरुको भेला तथा छलफलले एकीकृत हुने निर्णय गरेको हो । कोशी नामाङ्कन विरुद्ध आन्दोलित राजनैतिक दल तथा शक्तिहरू नेपाल जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नागरिक उन्मुक्ति पार्टी, पहिचानवादी मोर्चा, राष्ट्रिय मुक्ति क्रान्ति अभियान पार्टी र प्रदेश नं–१ नामाङ्कन अभियान समितिले एक हुने निर्णय गरेका छन् ।

पहिचानवादी छ वटा शक्तिहरुलाई तुरुन्त कार्यदल निर्माण गरी अघि बढ्नलाई डकेन्द्र सिं थेगिमको संयोजकत्वमा मधुराज केरुङ र केदार धिमालको तीन सदस्यीय अन्तर–संवाद समितिसमेत गठन गरिएको नेता पालुङ्वाले बताए ।

पहिचानवादी शक्तिहरू चाँडै एकताको पार्टी अर्थात मोर्चा बनाएर आन्दोलनको आँधिबेहरी सृजना गर्न ऐतिहासिक निर्णयमा पुगेका बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here