जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङमा एक व्यक्ति पक्राउ

0
1

ताप्लेजुङ ।

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङमा एक व्यक्ति परेका छन् ।

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३७ वर्षीय अशोक कुरुम्बाङ लिम्बू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा लिम्बू पक्राउ परेका हुन् । गएको आइतबार घरमा एक्लै बसेको मौका छोपी लिम्बूले किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप छ ।

अदालतबाट म्याद थप गरी घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here