भद्रपुरबाट ब्राउन सुगर भित्राउने बिष्णु राजवंशी पक्राउ

0
9

भद्रपुर ।

भद्रपुरको मेचीपारि नाकाबाट ब्राउन सुगर भित्राउने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका-२ का २५ वर्षीय विष्णु राजवंशी रहेका छन् ।

भद्रपुर नगरपालिका-३ मेचीपारि नाकास्थित झोलुङ्गे पुलमा खटिएका सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट महेशपुरको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ११ प ९६४७ नम्बरको कालो पल्सर मोटरसाइकलमा सवार राजवंशीलाई शङ्का लागि चेकजाँच गरेका थिए ।

उनले मुख भित्र प्लास्टिकको पोका बनाएर ल्याउँदै गरेको २ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर सशस्त्रले बरामद गरेको थियो । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर सशस्त्रले नेपाल प्रहरीलाई बुझाइसकेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here