किरातेश्वर माङहिम, बिर्तामोड -१० को नयाँ नेतृत्व चयन

0
2

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

किरातेश्वर माङहिम बिर्तामोड -१० को अध्यक्षमा ओतराज बेघा लिम्बू चयन भएका छन्।

किरात याक्थुङ्ग चुम्लुङ्गको वडा शाखाको सभाहलमा सम्पन्न प्रथम अधिवेशनबाट अतिराज बेघा लिम्बूको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो। तीन वर्षे कार्यकाल रहेको माङहिम कार्यसमितिको उपाध्यक्षमा हेमकला लिङ्देन लिम्बू, सचिव वेदबहादुर तेन्यूङ् लिम्बू सहसचिव दिव्य बेघा लिम्बू र कोषाध्यक्षमा रीता बेघा लिम्बू चयन भएका छन्।

त्यसैगरी सदस्यमा नरमाया तुम्बापो लिम्बू र फूलमाया लोक्ताम रहेका छन्। बाँकी सदस्य पछि पूर्णता दिने बताइएको छ। नेतृत्व चयनका लागि लागि टेकबहादुर देवानको संयोजकत्वमा रिमानध्वज लोक्ताम, डम्बर तुम्रोक, रविन जबेगू र गणेशमान कन्दङ्वा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

किरातेश्वर माङहिमका अध्यक्ष रिमानध्वज लोक्तामको अध्यक्षता तथा बिर्तामोड -१०का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष टेकबहादुर देवानले सहभागीलाई स्वागत गरेका थिए।

कार्यक्रममा किरातेश्वर माङहिम सैनिकबजारको स्थापना कालदेखि साम्दाङ्गेन वारुम सावा भई किरात धर्म संस्कारमा योगदान गर्ने ज्येष्ठ सदस्य देउमल नेम्बाङलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गुरुङ, वडा सदस्य पृथ्वी बस्नेत,सुनुवार सेवा समाजका अध्यक्ष मनु सुनुवार मुखिया, किरात धर्म तथा साहित्य उत्थान संघ बिर्तामोड नगर उपाध्यक्ष गणेशमान कन्दङ्वा, बौद्ध धर्म चक्र गुम्बा सैनिकका सचिव जगदीशचन्द्र गुरुङ, किरात धर्म गुरु सेवासावा पूर्णप्रकाश लिङदेनलगायले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा वडा सदस्य दीपिका सिवा, सैनिक सेवा समाजका अध्यक्ष कर्णबहादुर गुरुङ, किरातेशेवर माङहिम सैनिकका प्रमुख साम्दाङ्गेन वारुमसावा तीलबहादुर सिगु, सेवा सावा मोहनप्रसाद लिङदेन, डम्बर तुम्रोकलगायतको आतिथ्य रहेको थियो ।

बिर्तामोड-१० सैनिकबजारमा २०६६ सालदेखि नै किरातेश्वर माङहिम (मन्दिर) को स्थापना भई सञ्चालनमा रहेको भए पनि अधिवेशन भएको थिएन। मन्दिरमा दैनिकरुपमा नित्य पूजा हुनुको साथै किरात धर्मगुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मोत्सव, चासोक ताङनामलगाय पर्वहरुमा विशेषरुपमा मनाइने गरिएको माङहिमका अर्चक कृष्ण तुम्रोकले जानकारी दिए।

सेवा सावा गुरु रोशन लिङ्देनले किरात मन्त्रोच्चारणसहित आरम्भ गरिएको कार्यक्रमको सञ्चालन सचिव चामबहादुर जबेगूले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here