गाईघाटबाट काँकरभिट्टा आउदै गरेको बस सप्तरीमा दुर्घटना एकको मृत्यु, २६ जना घाइते

0
227

बिराटनगर ।

सप्तरीको बरमझियामा आइतबार बिहान करिब साढे ६ बजे बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, गाईघाटबाट काकरभिट्टा आउदै गरेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको स ५ प १५९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बस पल्टिँदा उदयपुरकी २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।

घाइते २६ मध्ये, ८ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि विराटनगर पठाइएको छ, अन्य १८ जनाको उपचार धमेश्वर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक २५ वर्षीय सुमित पण्डित पनि गम्भीर घाइते भएका छन् र उनलाई पनि विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here