योगेन्द्र योगी
बिराटनगर,

मोरङको सुन्दरहरैंचा नगरपालिका – ५ मा दशैँ देखि फोहोर उठेको छैन। दशैँ देखि फोहोर नउठाउदा वडा नम्बर ५ को विभिन्न स्थानको फोहोर व्यवस्थापन नहुँदा कतिपय ठाउँमा दुर्गन्ध फैलिन थालेको गुनासो आइरहेको स्थानीयहरुले गुनासो गरेका छन्।
सुन्दरहरैंचा – ५ का निवार्तन अध्यक्ष राम रिजालका अनुसार दशैँ देखि फोहोर थुप्रिएर दुर्गन्ध फैलिने खतरा रहेको बताए।’सडक छेउमा फोहोरको थुप्रो छ नगर तथा वाड सरकार वेखवर छ,निवार्तन अध्यक्ष रिजालले भने,’ उपमेयर अंकली चौधरीको गाउँमा फोहोरको डंगुर छ हामीले भनेको कसैले टेर्दैनन।’
दुर्गन्ध फैलिएपछि स्थानीयसमेत बिरामी हुन सक्ने भएकाले नगर तथा वडाका यसतर्फ चाँडै ध्यान पुर्याउनुपर्ने उनी बताउँछन्। विशेष गरी बाँसबारी चोक देखि खोक्सीसम्मको सडक छेउछेउमा फोहोर थुप्रिएर दुर्गन्धित हुने अवस्था आउनै लाग्दा पनि जनप्रतिनिधि बेखबर बनेका छन्।
फोहोर बढेर सडकमै दुर्गन्ध फैलिन खोज्दा पनि प्रतिनिध गैरजिम्मेवार बन्ने गरेको आरोप स्थानीयको छ। यसअघि पनि समयमा फोहोरको गाडी नआउने गरेको स्तानीयहरुको भनाइ छ। यस बिषयमा बुझ्न वडा अध्यक्ष गणेश चौधरीलाई फोन गर्दा सम्पर्क हुन् सकेन।





























