हरियाली बनमा पुनः राई

0
19

बुट्टाबारी ।

हरियाली सामुदायिक वन उपभोक्ता समूह झापा बिर्तामोड–६को १६ औ बार्षिक साधारणसभाबाट पुनः जगतकुमार राई अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

साधारणसभाले समितिको उपाध्यक्षमा मनिकुमार भट्टराई, सचिवमा कृष्णमाया चौधरी, सह–सचिवमा मनिकुमार राई र कोषाध्यक्ष गोमा सुवेदीलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा केदार खतिवडा, चन्द्रबहादुर नुगो, खेमकुमारी दाहाल, दुर्गा सुवेदी, महेन्द्र राई, बुद्धराज सुब्बा, योगमाया माझी राई, कृष्णकुमारी पौडेल बराल, सावित्रा कन्दङ्वा राई, यशोदा अधिकारी, गंगा भट्टराई, खड्ग भट्टराई, वासुदेव बराल, लक्ष्मीमाता सेवाहाङ्ग, टेकनाथ अधिकारी र रवीन रार्ई चयन भएका छन् ।

यसैगरी समूहको लेखा समितिमा संयोजक विष्णुप्रसाद पोखरेल, सदस्यहरु गणेशकुमार कन्दङ्वा, जीवन बाँस्कोटा, आइतमाया शेर्मा लिम्बू, उषा अधिकारी चयन भएका निर्वाचन संयोजक रामकुमार कन्दङ्गवाले बताए ।

बन (दोस्रो संशोधन) नियमावली २०८१ अनुसार समितिको ५ बर्षे कार्यकाल सफलता एवम् उपभोक्ताहरुको सेवा, हरियाली र बाताबरण संरक्षणमा लागि रहन कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड–६का अध्यक्ष सूर्यप्रसाद कन्दङ्गवा, बिशिष्ठ अतिथिहरु लोकबन्धु कन्दङ्गवा, तेजप्रसाद कन्दङ्गवा, दाताराम तिम्सिना, मेची सबडिभिजन कार्यालय प्रतिनिधि डिल्लीराम खरेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

जगतकुमार राईको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कार्यालय सचिव धनसरी राईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here