दुर्गा पूजाको हिसाब सार्वजनिक

0
84

बिर्तामोड ।

बिर्तामोड–१ जगतबस्ती शान्ति टोलस्थित दुर्गा पाञ्चायन मन्दिरमा आयोजित दुर्गा पूजा समारोह २०८१ को आयव्यय सार्वजनिक भएको छ ।

पूजाका लागि दानभेटी, पूजा सामग्री लगायत शीर्षकमा एक लाख ८५ हजार चार सय १९ रुपैयाँ आम्दानी भएको छ । दुर्गा पूजाकै अवधिमा सामुदायिक भवन निर्माणका लागि दुई लाख ३४ हजार छ सय ५९ रुपैयाँ आम्दानी भएको अध्यक्ष लब बस्नेतले बताए । पूजा र भवन निर्माणका लागि चार लाख २० हजार ७८ रुपैयाँ आम्दानी भएको थियो ।

त्यस्तै ९० हजार चार सय ७० रुपैयाँ खर्च भई बैंक खातामा तीन लाख २० हजार दुई ७६ र नगद नौ हजार दुई सय ३२ रहेको सचिव भवानी प्रसाईंले जानकारी दिए । उक्त रकम दुर्गा मन्दिर व्यवस्थापन समितिको खातामा रहेको बताइएको छ । पूजामा टोलबाट दुई सय ४२ घरपरिवारको सहभागिता रहेको बताइएको छ ।

यसै वर्ष समितिले दाताहरुकै सहयोगमा सामुदायिक भवन निर्माण सम्पन्न गरेको छ । अघिल्लो वर्षहरुमा टेन्ट लगाएर दुर्गा पूजा हुँदै आएकोमा यस वर्षबाट नवनिर्मित सामुदायिक भवनमा पाठपूजा तथा भजनकिर्तन शुरु भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here