उर्लाबारीमा प्रतिबन्धित औषधीसहित तीन जना पक्राउ

0
14

पथरी शनिश्चरे,

मोरङको उर्लाबारी नगरपालिका–६ पानी ट्याङ्की टोलमा उर्लाबारी प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित औषधीसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१७ घर भई हाल उर्लाबारी–६ पानीट्याङ्की टोलमा बस्दै आएका ५१ वर्षीय काजिमान सार्की , झापाको दमक–४ घर भई हाल उर्लाबारी–६ मै बस्दै आएका ३० वर्षीय प्रकाश विश्वकर्मा र उर्लाबारी–३ मंगलबारेका २८ वर्षीय निशान्त थापा रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here