सुरुङ्गा रेडक्रसको समिति चयन

0
236

सुरुङ्गा ।

मानवीय सेवामा लामो समयदेखि समर्पित संस्था नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

निर्वाचन अधिकारीको कार्यालयले दिएको जानकारीअनुसार सभापतिमा गोपालप्रसाद उप्रेती निर्वाचित भएका छन् । नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाको कार्यालय भवन निर्माणका लागि जग्गादान गर्ने उप्रेती सुरुङ्गा क्षेत्रमा समाजसेवी व्यक्तित्वका रूपमा परिचित छन् ।

त्यसैगरी झुमा शिवाकोटी उपसभापतिमा, दीपक भट्टराई सचिवमा, नारायणप्रसाद कट्टेल कोषाध्यक्षमा, रघुनाथ शिवाकोटी उपसचिवमा र उत्सव बाँस्तोला उपकोषाध्यक्षमा चयन भएको निवर्तमान सभापति बालकृष्ण प्रसाईंले जानकारी दिए ।

महिला सदस्यमा गोमादेवी कार्की र सदस्यहरुमा प्रेमप्रसाद अधिकारी, माधव पोखरेल, श्यामकुमार पौडेल र नविन सिटौला सर्वसम्मत चयन भएको निर्वाचन अधिकारी प्रकाशचन्द्र खरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here