शनिश्चरे माविमा सर्पदंश सम्बन्धी सचेतना कार्यक्रम

0
80

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालयको आयोजनमाा सर्पदंश सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

अरिदमन गण चारआलीको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रम विद्यार्थीहरुलाई सर्प सम्बन्धी जानकारी राख्नुपर्ने कुराहरुको विषयमा सचेतना दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक विनोदकुमार गौतमले जानकारी दिए ।

सहजकर्ता गणका हवल्दार कृष्णबहादुर थापाले सहजिकरण गरेको कार्यक्रममा विद्यार्थी र शिक्षकसहित ७९ जना बढीको सहभागिता रहेको थियो । कार्यक्रममा सर्पको परिचय, सर्पका प्रकारहरु, नेपालमा पाइने मुख्य विषालु सर्प, विषालु सर्पले डसेपछिका लक्षणहरु, जानकारीमा राख्नुपर्ने कुराहरु, सावधानी अपनाउनु पर्ने कुराहरुलगायतको विषयमा सहजिकरण गरिएको थियो ।

प्रधानाध्यापक एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव गौतमको अध्यक्षता र गणका जमदार अखिलेशप्रसाद कुशवाहाको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा इनरव्हील क्लब अफ अर्जुनधाराकी अध्यक्ष विनीता थापा तामाङलले आफ्नो धारणा राखेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन शिक्षक रुद्र खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here