अवैध मदिरा बोकेको सवारी साधन नियन्त्रण

0
5

ताप्लेजुङ।

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–१ मेवाखा स्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलामको फिक्कलबाट ताप्लेजुङ तर्फ जाँदै गरेको मे १ च ४२१४ नम्वरको पिकअप गाडीमा अवैधरुपमा बोकेको ५० कार्टुन सिक्किमे मदिरा बरामद गरेको हो ।

वरामद भएको अवैध मदिरा, मदिरा ओसार पसारमा संलग्न बुद्धशान्ती गाउँपालिका–३ का महेन्द्र बर्देवा, सवारी साधन र चालक बुद्धशान्ति–३ का सनम राई समेतलाई आवश्यक कारवाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाईएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here