रोटरी इन्टरनेशनलको पोलियो उन्मूलन अभियान

0
10
झापा,  रोटरी इन्टरनेशनलले पोलियो उन्मूलनका लागि सचेतना अभियान सञ्चालन गर्ने भएको छ । जसका लागि रोटरीले उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड पोलियो नाओ’ नामक विशेष सचेतना अभियान सञ्चालन गरेको हो ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले पोलियो उन्मूलनका लागि जनचेतना फेलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए ।
उनका अनुसार रोटरीले वार्षिक रुपमा अक्टोबर २४ तारिखलाई विश्व पोलियो दिवसका रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनतेतना फैलाउन विभिन्न गतिविधि गर्दै आइरहेको छ ।
अभियानअन्तर्गत कात्तिक ८ गते बिहान ६ः३० बजे ललितपुरको जावलाखेलबाट बृहत् साइकल ¥याली गरिउको र  साँझ धरहर सन्देशहरु प्रदर्शनी गरिएको छ ।
“नेपालमा आधिकारिक रुपमा पोलियोका बिरामी छैनन् । तर हामी सधैँ सचेत बनिरहनुपर्छ।पछिल्लो समय काठमाडौँको ढलमा पोलियो भाइरस भेटिएको समाचार प्रकाशित भएको थियो। यस कारण पनि हामी सधैँ सचेत भइरहनुपर्छ”,गभर्नर शाक्यले भने।
उनले पोलियो उन्मूलनका लागि पाँच वर्ष मुनिका सबै बालबालिकालाई नछुटाइ पोलियोविरुद्धको खोप लगाउन अति जरूरी रहेको उल्लेख गरे। पोलियो खोप अभियानका लागि रोटरीले इन्टरनेशनलले नेपाल सरकारसँग सहकार्य गर्दै आइरहेको छ।
रोटरीले पोलियो उन्मूलन अभियानसहित सात वटा क्षेत्रमा सामाजिक काम केन्द्रित गर्दै आइरहेको छ । त्यसमध्ये एक महत्वपूर्ण क्षेत्र स्वास्थ्य क्षेत्रको पोलियो विशेष कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको हो। विश्वबाट नै पोलियो भाइरस उन्मूलन गर्न रोटरीले सुरुवाती समयदेखि नै प्रभावकारी रुपमा काम गर्दै आइरहेको दाबी गरेको छ।
सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट सुरु भएको रोटरी इन्टरनेशनल संसारको सबैभन्दा पुरानो सेवामूलक सामाजिक संस्था हो । विभिन्न मुलुकमा ४६ हजारभन्दा बढी रोटरी क्लब ५३८ वटा डिष्ट्रिक्टहरुअन्तर्गत आबद्ध छन्। साथै १२ लाखभन्दा बढी सदस्य रोटरी सेवामा सक्रिय रहेको संस्थाले जनाएको छ।
नेपालमा रोटरीको सुरुवात सन् १९५९ मा भएको थियो। सन् २००८ जुलाई महिनादेखि नेपालमा छुट्टै रोटरी डिष्ट्रिक्ट ३२९२ को स्थापना भएको हो। हाल नेपालमा १६१ वटा रोटरी क्लबले स्थानीयस्तरसँगै राष्ट्रियस्तरमासमेत विभिन्न कार्य गर्दै आएका छन्।
विश्व पोलियो दिवसः नेपालमा पनि पोलियो रोग जोखिममा
आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ ।
दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भिडियो सन्देश जारी गर्दै पोलियो रोग उन्मुलन गर्ने विश्वव्यापी महान अभियानमा संलग्न हुन सबैमा अनुरोध गरे । उनले सन्देशमा पोलियो उन्मूलन गर्ने महान अभियानमा संलग्न हुनु भनेको आफ्ना बालबालिकालाई एक वर्ष उमेरभित्र एक÷एक महिनाको फरकमा तीन पटक पोलियो थोपा खुवाउनु रहेको उल्लेख गरे ।
मन्त्री पौडेलले सुइबाट दिइने पोलियो खोप पनि १४ हप्ताको उमेरमा र नौ महिनाको उमेरमा एक÷एक पटक लगाउनुपर्ने बताउनुभयो । “अझै पनि केही देशमा पोलियोका नयाँ बिरामी देखापरिरहेका छन्, विश्वका कतिपय देशमा वातावरणमा पनि पोलियोका भाइरस देखिएको हुँदा पोलियोका जोखिम कायम रहेको छ”, उहाँले भन्नुभएको छ, “हाम्रो देशको सन्र्दभमा पनि वातावरणमा पोलियो भाइरस भए÷नभएको बारे गरिने निगरानीलाई थप प्रभावकारी बनाइएको छ ।”
संसारबाट पोलियो रोग उन्मुलन नभएसम्म हामी पनि पोलियो जस्तो घातक रोगको जोखिममा रहिरहने परिस्थिति रहेको मन्त्री पौडेलेको भनाइ रहेको छ  । उहाँले नेपालमा पनि पोलियोको जोखिम अझै कम नभएकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई तोकिएको उमेरमा नै पोलियो खोप लगाउन आग्रह गर्नुभएको छ ।
मन्त्री पौडेलले पोलियो खोपसँगै सरकारले प्रदान गर्ने सबै खोप लगाउनसमेत अनुरोध गर्नुभएको छ । पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भिर हुन थाल्यो भने पक्षघात हुने तथा मृत्युसम्म हुने गर्दछ ।
पोलियो रोग दुषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । नेपालमा पाँच वर्ष मुनिका बालबालिकालाई मुखबाट र सुइबाट दुई तरिकाले पोलियोविरुद्धको खोप प्रदान गरिँदै आइएको छ ।
मुखबाट खुवाइने खोप (ओरल पोलियो भ्याक्सिन) तीन पटक जन्मेको छ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा तथा सुईबाट दिइने खोप (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) दुई पटक १४ हप्ता र ९ महिनाको उमेरमा दिने गरिन्छ ।
बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पोलियो रोग जुनसुकै उमेरका मानिसमा पनि लाग्ने तर बढीजसो पाँच वर्ष मुनिका बालबालिका बढी जोखिम हुने गरेको बताउनुभयो । पोलियोबाट बच्नका लागि पोलियोविरुद्धको खोप नै लगाउनु रहेको उहाँको भनाइ छ । पोलियोबाट बच्नका लागि साथै व्यक्तिगत सरसफाइ, शुद्धिकरण गरिएको पानी र स्वच्छ खानामा पनि विशेष ध्यान दिनुपर्दछ ।
गत जेठमा टुकुचा खोला र वागमती नदीको सङ्गम स्थल टेकुमा पोलियो जिवाणु भेटिएपछि काठमाडौँ उपत्यकाका तीन जिल्लामा पाँच वर्ष मुनिका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here