विराटनगर ।
उदयपुर र मोरङबाट जुवा तास खेल्ने १३ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–९ मा रहेको बोईलर कुखुराको फर्ममा जुवाखेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थाम त्रियुगा नगरपालिका–९ का ३७ बर्षीय राजु कार्की, त्रियुगा–१५ का ३४ बर्षीय बिजय राई, त्रियुगा–११ का ५० बर्षीय रबिन्द्र राई, त्रियुगा–१२ का ५३ बर्षीय बसन्त राई, त्रियुगा–१० का ४५ बर्षीय गेशराज राउत, त्रियुगा–१३ का ६२ बर्षीय पदम राई, रौतामाई–७ का ३४ बर्षीय कमल तामाङ, रौतामाई–७ का ३५ बर्षीय मनोज मगर र रौतामाई–५ का ४१ बर्षीय जयकुमार राईलाई पक्राउ गरेको हो ।
प्रहरीले जुवाको खालबाट नगद चार लाख १४ हजार पाँच सय ७५ रुपैयाँ र कौडा १६ थानसमेत बरामद गरेको छ ।
यता मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका–९ स्थित कहरसिंह राजवंशीको घरमा जुवा तास खेलि रहेको अवस्थामा ५३ बर्षीय कहरसिंह राजवंशी, ४७ बर्षीय सुरेश प्रसाद साह, सुनवर्षी–६ का ३७ बर्षीय नित्यानन्द सुतिहार र रंगेली–७ का ४६ बर्षीय उमेश पौदारलाई नगद एक लाख ८२ हजार रुपैयाँ र चार बुङ् तास सहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनीहरुको आवश्यक कानुनी कारवाही भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।