भक्तबहादुर भारतीद्वारा सहयोगको अपिल

0
40

बिर्तामोड ।

दुबै मृगौला खराव भएर उपचार गर्दा गर्दै भएको सवै सम्पत्ति सकेर अर्काको घरमा आश्रय लिएर बसेका भक्तबहादुर भारतीले सहयोगको अपिल गरेका छन् ।

झापाको मेचीनगर–४ स्थित बाहुण्डाँगीका दुबै मृगौला खराव भएका ४० बर्षिय भारतीले सकेको आर्थिक सहयोग गरेर जीवन बचाइदिन देश तथा बिदेशमा रहने सम्पूर्णमा आग्रह गरेका छन् । हाल अर्जुनधारा–४ स्थित समावेशी टोलको एक घरमा आश्रय लिएर परिवारसहित बस्दै आएका रोगी भारतीले सवैको सानो सहयोगले आफ्नो जीवन बच्ने भन्दै सहयोगको अपेक्षा गरेका हुन् ।

२०८० पुसमा प्रेसरले हानेपछि धुलाबारीस्थित आम्दा अस्पतालमा परिक्षण गर्दा त्यहाँका चिकित्सकको सल्लाह अनुसार बिराटनगरको नोवेल टिचिङ अस्पतालमा परिक्षण गर्दा दुबै मृगौला फेल भएको थाहा पाएको उनले जानकारी दिए ।

हाल भारती बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा हप्तामा दुई पटक डायोलोसिस गर्दै आएका छन् । डायोलोसिस फ्रिमा भएपनि रगत लिदा र अन्य औषधी सेवन गर्न महिनाको २० हजार रुपैयाँ जती खर्च हुने उनी बताउँछन् ।

‘उपचारकै क्रममा भएको सवै सम्पत्ती सके’ भक्तबहादुरले भने ‘अहिले अर्जुनधारा–६ को समावेशी टोलमा एउटा घरमा आश्रय लिएर बसेको छु ।’

आर्थिक अवस्था कमजोर भएका कारण मेचीनगर–४ बाहुण्डाँगीमा रहेको ७ कठ्ठा जग्गासहित घर बेचेर उपचार गर्दै आएका उनको हाल आर्थिक अभावकै कारण उपचारमा समस्या भएको उनकी श्रीमती गिता गिरी भारतीले बताइन् । आफ्नो भएको जायजेथा सवै बेचेर साथै आफन्तहरुसँग सापटी लिएर उपचार गर्दा पनि ठीक नभएको र अव उपचार गर्न कुनै बाटो नभएकाले सवै समक्ष सहयोगको याचाना गरिएको श्रीमती गिताले बताइन् ।

पिडीत भारती दम्पत्ती १७ बर्षिया छोरी आयुश्मा र १५ बर्षिय छोरा आयुसका साथमा समावेशी टोलको एक घरमा आश्रय लिएर बस्दै आएका छन् । भक्तबहादुर परिवारका एक मात्र छोरा हुन् ।

आर्थिक अभावकै कारण उपचारमा समस्या झेल्दै आएका भक्तबहादुरलाई सकेको आर्थिक सहयोग गरेर उपचारमा सहयोग गरी जीवन बचाइदिन भारती बन्धु एकता समाज नेपालका केन्द्रिय अध्यक्ष उमेश भारती र सचिव बिमल भारतीले सवैमा अनुरोध गरेका छन् ।

उनलाई सहयोग गर्ने मनका धनिले दुबै मृगौला रोगी खराब भएका भक्तबहादुर भारतीको नाममा रहेको नेपाल बैंक लि. खाता नं. ०५५०१००७६४०४४००००००१ मा सहयोग गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here